कीवर्डहरू -

बैंक अफ काठमाण्डूद्वारा सजंय साई विद्या मन्दिरलाई सहयोग

२०६८ साल देखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डूद्वारा सजंय साई विद्या मन्दिरलाई सहयोग

बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको सजंय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न पाँच लाख सहयोग उपलब्ध गराएको छ ।

उक्त सहयोग रकम बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरेका हुन् ।

२०६८ साल देखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ