कीवर्डहरू -

कम्युनिकेसनको लागि नयाँ एप ल्याउने तयारीमा गूगल

कम्युनिकेसनको लागि नयाँ एप ल्याउने तयारीमा गूगल

एजेन्सी । गूगलले कम्युनिकेसनको लागि नयाँ एप ल्याउने तयारी गरेको छ । दि इन्फर्मेसनको रिपोर्ट अनुसार गुगलले नयाँ एप ल्याउने तयारी गरिरहेको छ । जसको नाम भने खुलाइएको छैन् ।

गूगलले नयाँ एप जि सुइट, जिमेल, ह्याङआउट च्याट, ह्याङआउट मिट र गुगल ड्राइभ जस्ता विभिन्न भागहरुलाई समेटेर ल्याउने लागेको हो ।

गूगलले एकअर्का संग कुराकानी गर्नका लागि मोबाइल एप ल्याउने प्रयास लामो समयदेखि गरिरहेको छ ।

गूगलले यसभन्दा अगाडी जिमेल, ह्याङआउट, गुगल प्लस, जिच्याट, अलो, डिओ, स्पेसेस, वेभ, इनवक्स जस्ता एपहरु पनि लिएर आएको छ । तर अच्ममको कुरा यी प्रडक्ट गूगल जति सफल हुन सकेका छैन्‌न।