कीवर्डहरू -

सामाजिक सञ्जाल तथा इन्टरनेटबाट गरिने विज्ञापनमा रोक

शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत विज्ञापन गरेमा कारबाही गर्ने जानकारी दिएको हो ।

सामाजिक सञ्जाल तथा इन्टरनेटबाट गरिने विज्ञापनमा रोक

नेपाल राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटबाट गरिने विज्ञापनमा रोक लगाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत विज्ञापन गरेमा कारबाही गर्ने जानकारी दिएको हो ।

विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी रहेको राष्ट्र बैंकले बताएको छ ।

यस्तो कारोबोरोबाट विदेशी विनिमय अपचलन हुने भएकाले त्यसरी कारोबारो गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले जानकारी गराएको छ ।

(माघ लिभिंग विथ आइसिटी म्यागजिनमा नेपालबाट कसरि अनधिकृत रुपमा बिज्ञापनको रुपमा रकम विदेशिएको छ र पेपाल जस्ता पेमेन्ट सोलुसनलाइ बैधानिक दिन आबश्यक रहेको रिपोर्ट सामग्री प्रकाशन भएको थियो । )

\"\"