कीवर्डहरू -

प्रदेश नं. ५ मा कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपालको कार्यसमिति गठन

प्रदेश नं. ५ मा कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपालको कार्यसमिति गठन

बुटवल । प्रदेश ५ का कम्प्युटर विषयका प्राध्यापक तथा शिक्षकहरुको भेलाले कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपाल प्रदेश ५ को कार्यसमिति गठन गरेको छ । माधव अर्यालको सभापतित्व एवम् संस्थाका कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपाल केन्द्रीय अध्यक्ष  ई. प्रचण्डराम श्रेष्ठको प्रमुख आतिथ्यतामा बसेकाे भेलाले प्रदेश ५ समिति तथा रुपन्देही जिल्ला समिती गठन गरेको हो ।

अनन्त पाण्डेको अध्यक्षतामा १५ सदस्यीय प्रदेश ५ को कार्यसमिति गठन गरिएकाे छ । प्रदेश समितिको उपाध्यक्षमा कर्णबहादुर पुन (दाङ), सचिवमा शेखर पौडेल (कपिलवस्तु), सहसचिवमा सुबास घिमिरे (प्युठान), कोषाध्यक्षमा इश्वरी ज्ञवाली (गुल्मी) लाई चयन गरेको छ । यस्तै, सदस्यहरुमा मनोहर थापा (पाल्पा), हरि ढकाल (नवलपरासी) र सन्तोष शर्मा रहेका छन् भने बाँकी सदस्य मनोनित हुन बाँकी छ ।

त्यस्तै सोही भेलाले नै अर्विन्दकुमार दुबेको अध्यक्षतामा ११ सदस्यीय रुपन्देही जिल्ला कार्यसमिति गठन गरेको छ । कर्यसमितिको उपाध्यक्षमा  युवराज खनाल, सचिवमा लेखनाथ पन्त कोषाध्यक्षमा शिवप्रसाद पौडेललाई  चयन गरेको छ । अक्सफोर्ड कलेजमा भएको उक्त कार्यक्रम संस्थाका माहासचिव रमेश रिमाल र उपाध्यक्ष सत्यराम सुवालको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम वीरबहादुर क्षेत्रीले सञ्चालन गरेका थिए ।

यस संस्थाले नेपाल सरकारले शैक्षिक सत्र २०७७ देखि लागू विद्यालय तहको नयाँ पाठ्यक्रम संरचनामा कम्प्युटर विज्ञान विषय हटाइएको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कम्प्युटर शिक्षाका शिक्षकहरुको हकहितका संस्थाले सम्बन्धित निकायसँग गम्भीर छलफल गर्ने योजना पनि ल्याएको छ ।