कीवर्डहरू -

गूगलले ल्यायो मानिसलाई हरेक दिन नयाँ कुरा सिकाउने मोबाइल एप

गूगलले नयाँ ल्याएको Tangi एपको उदेश्य भनेको मानिसलाई हरेक दिन नयाँ कुरा सिकाउने रहेको छ । यस एपमा ६० सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिन्छ ।

गूगलले ल्यायो मानिसलाई हरेक दिन नयाँ कुरा सिकाउने मोबाइल एप

चिनियाँ कम्पनीले निर्माण गरेको भिडियो सेयरिङ एप ‘टिकटक’ विश्वभरी लोकप्रिय एप बनेको छ ।

टिकटक विश्वभर लोकप्रिय भइरहेको बेला गूगलले पनि टिकटक जस्तै छोटो भिडियो सेयर गर्ने मोबाइल एप ल्याएको छ । जसको नाम Tangi रहेको छ ।

गूगलले नयाँ ल्याएको Tangi एपको उदेश्य भनेको मानिसलाई हरेक दिन नयाँ कुरा सिकाउने रहेको छ । यस एपमा ६० सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिन्छ ।

यसमा पाक शिक्षा, लाइफ स्टाइल, आर्ट, फेसन, सौन्दर्य लगाएतका विभिन्न विधाहरु रहेका छन् । अहिलेलाई यो एप ‘एप स्टोर’ मा मात्रै उपलब्ध रहेको छ ।