कीवर्डहरू -

ओपोले एक दशकमा उत्पादन गरेका उत्कृष्ट सात स्मार्टफोन

ओपोले एक दशकमा उत्पादन गरेका उत्कृष्ट सात स्मार्टफोन

सन् २०१०-२०१९ दशकको अन्त्य भइसकेको छ । यो एक दशकमा ओपोद्वारा सार्वजनिक भएका ७ उत्कृष्ट स्मार्टफोन जसले दशककै प्राविधिक विकासको प्रतिनिधित्व गर्छ ।

ओपो फाइन्ड

\"\"

सन् २०११ मा ओपोले फाइन्ड (एक्स९०३) स्मार्टफोन सार्वजनिक गर्यो ।

उक्त फोनमा साइडस्लिप कभर, फूल किबोर्ड र एण्ड्रोइड सञ्चालन प्रणाली (सो समयमा नौलो र स्मार्टफोन प्रविधिका लागि क्रान्तिकारी मानिएको) लगायत फिचर्स उपलब्ध थियो ।

यसमा रहेका अनुकरणिय कलात्मकता र प्रयोगकर्ता मैत्री इन्टरफेस भएतापनि यो ओपोद्वारा उत्पादित अहिले सम्मकै मोटो फोन हो ।

तसर्थ, ओपो फाइन्डलाई अझ हल्का र पातलो बनाउनका लागि यसमाथि थप कार्य गर्नुपर्ने देखिन्थ्यो ।

ओपो फाइन्डर-२०१२

\"\"

मोटो ओपो फाइन्डका लागि प्राप्त प्रतिक्रियालाई आधार मान्दै उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ फोनलाई हल्का र पातलो बनाउन विशेष डेभलपमेन्ट टिमको स्थापना गरियो ।

नतिजा स्वरुप ओपो फाइन्डरको जन्म भयो । अतिरिक्त पातलो यो स्मार्टफोनको माध्यमबाट फाइन्डबाट फाइन्डर सम्म आईपुग्दा ओपोले ठूलो छलाङ मार्यो ।

मात्र ६.६५ एमएम मोटाइ र उत्कृष्ट कार्य क्षमता सुसज्जित ओपो फाइन्डरले सीएनएन जस्ता विभिन्न मिडिया मार्फत अन्तरराष्ट्रिय कभरेजपनि प्राप्त गर्यो ।

ओपो फाइन्डरको सफलता पछ्याउँदै अल्ट्रा-थिननेस धेरै स्मार्टफोन ब्राण्डका लागि एक महत्वपूर्ण प्रडक्ट डिजाइन फ्याक्टरका रुपमा स्थापित समेत भयो ।

फलस्वरुप एकले भन्दा अर्कोले अझ पातलो फोन निर्माण गर्ने स्पर्धा अहिलेसम्म कायमै छ ।

ओपो यूलाईक २- २०१२

\"\"

यूलाईक २ को आगमनलाई ब्यूटिफाइड सेल्फी यूगको सुरुवात मानिन्छ ।

ओपोका एक डिजाइनरले राखेको ओपो फोन्सको डिजाइन स्पष्ट तस्विरका लागि मात्र नभइ फोनको आकार समेत आकर्षक हुनुपर्ने अवधारणाको अनुसरण मार्फत यसो हुनु सम्भव भएको हो ।

ओपो यूलाइक २ मा रहेको ब्यूटी २.० अल्गोरिथमका साथै, ५ मेगापिक्सेल फरवार्ड-फेसिङ क्यामेरा सहितको पहिलो ओपो उपकरण बन्यो ।

ब्यूटी २.० अल्गोरिथम सूचारु गरेसंगै यसले स्वचालितरुपमै ब्यूटिफिकेसन ईफेक्ट मार्फत आकर्षक सेल्फी खिच्न सघाउँछ ।

ओपो एनथ्री-२०१४

\"\"

‘क्यामेरा मास्टर’का रुपमा परिचित ओपो एनथ्री रोटेटिङ स्मार्टफोन क्यामेराको अवधारणामै क्रान्ति भित्रयाउने पहिलो फोन हो ।

सुरुचिपूर्ण कार्यान्वयन क्षमता सहितको विद्युतिय रोटेटिङ क्यामेरा उपलब्ध गरिएको यो नै पहिलो उपकरण हो ।

१६ एमपी लेन्स र अत्याधुनिक ग्राफिक इन्जिन सुसज्जित यो फोन सन् २०१४ को स्ट्रोङ्गेस्ट परफर्मिङ स्मार्टफोनका रुपमा पनि लिइन्छ ।

फोनको छेउमा राखिएको चार्जिङ पोर्ट लगायत यसको आकार र आकर्षक डिजाइनले फोन चलाउन तथा बोक्दा आरामदायी अनुभवका साथै भिडियो प्लेब्याक तथा गेमिङ लगायत मल्टिमिडिया प्रयोगका लागि समेत सहजता प्रदान गर्छ ।

अझ ओपो एनथ्रीमा कम्पनीले ‘ओ-क्लिक’ (छुट्टै किचेन रिमोट) पनि उपलब्ध गरिएको थियो ।

यसको माध्यमबाट उपभोक्ताले क्यामेरा रोटेसनका साथै तस्विर खिच्ने कार्य समेत गर्न सक्छन् ।

ओपो आरनाइन-२०१६

\"\"

सन् २०१६ मा ओपोले, हालसम्मपनि बजारमा निकै लोकप्रियता पाउन सफल नयाँ फ्ल्याश चार्जिङ प्रणाली सार्वजनिक गर्यो-भोक ।

भोक फ्ल्याश चार्जिङ सुसज्जित ओपो आरनाइनले मात्र ५ मिनेट चार्ज गरेको भरमा २ घण्टा सम्मको टक टाइम उपलब्ध गराउने क्षमता राख्छ ।

२० मिलियन कपिज् विक्रि हुनुका साथै, यसले समग्र मोबाइल फोन बजारको ४ प्रतिशत हिस्सा हात पार्नुका साथै चीनिया मोबाइल बजारमा सर्वाधिक विक्रि हुन सफल समेत रह्यो ।

सन् २०१६ को नोभेम्बर १ मा यसले स्वान अवार्ड (चीनमा सर्वाधिक सम्मानित मोबाइल फोन डिजाइन तथा एप्लिकेसन ईन्नोभेसन)पनि जित्न सफल भयो ।

ओपो फाइन्ड एक्स-२०१८

\"\"

क्रान्तिकारी स्क्रिन डिजाइन सहितको ओपो फाइन्ड एक्सलाई पहिलो पर्फेक्टली सिमलेस फुल(स्क्रिन स्मार्टफोनका रुपमा लिइन्छ ।

यसमा रहेको कर्भ्ड सर्फेस पानोरामिक स्क्रिन र हिड्न फ्रण्ट फेसिङ क्यामेराका कारण फाइन्ड एक्सले आफूलाई उद्योगकै उच्च स्क्रिन रेसियो सहितको फोनका रुपमा स्थापित गर्यो ।

फाइन्ड एक्सको आगमन संगै यसले सर्वाधिक ईफेक्टिभ फुल स्क्रिन स्मार्टफोन निर्माणका लागि नयाँ औद्योगिक प्रतिस्पर्धाकै थालनी भयो ।

फाइन्ड एक्सले कम्पनीको भिजन ‘डेयर टू ब्रेक थ्रु एण्ड डेयर टू ईन्नोभेट’, प्रतिको प्रतिबद्धतापनि प्रदर्शित गरेको छ ।

ओपो फाइन्ड एक्सले टेक यूट्यूबर एमकेबीएचडीज् स्मार्टफोन्स अफ दि ईयर २०१८ मा बेष्ट डिजाइन अवार्डपनि हात पार्न सफल भयो ।

ओपो रेनो फाइभजी-२०१९

\"\"

सन् २०१९ को सुरुवात संगै ओपोले आफ्नो नौलो सिरिज ओपो रेनो सार्वजनिक गर्यो ।

रेनो टेनएक्स जुम र रेनो फाइभजी (फाइभजी कनेक्टिभिटीको साथमा), टेनएक्स हाइब्रिड जुम प्रविधि र पिभोट राइजिङ क्यामेरा (नोचलेस स्क्रिन डिजाइनका लागि सघाएको) लगायत फिचर्सपनि उपलब्ध गरिएको छ ।

४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ एमपी वाइड एंगल लेन्स सहितको फूल-फोकल लेन्थ ट्राई-लेन्स रियर क्यामेरा सहितको ओपो रेनो टेनएक्स जुमले मोबाइल फोटोग्राफीलाई नयाँ आयाम प्रदान गर्यो ।

ओपो रेनो फोटोग्राफर तथा रचनात्मक ब्यक्तिहरुका लागि गो-टू सिरिजका रुपमा स्थापित भयो ।

साथै, ओपो रेनो फाइभजी यूरोपमा ब्यवसायिक रुपमा विक्रि थालिएको पहिलो फाइभजी स्मार्टफोन पनि बन्यो । स्विट्जरल्याण्डमा यसको विक्रि आरम्भ स्विट्जरल्याण्ड भरका स्विसकम पसलहरु मार्फत गरिएको थियो ।