कीवर्डहरू -

काठमाडौँ युथ कन्क्लेभ(KYC) २०२० आयोजना हुदै

राष्ट्रको नेतृत्वमा युवाहरूलाई प्रोत्साहन 

काठमाडौँ युथ कन्क्लेभ(KYC) २०२० आयोजना हुदै

विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका करिब ३,००० युवाहरूलाई एउटै सम्मेलनमा आह्वान गर्दै केएमसी समुहले काठमाडौँ युथ कन्क्लेभ २०२० को आयोजना गर्दैछ । कलेजहरूद्वारा आयोजित युवाहरू (विशेषतः प्लस टु स्तरका विद्यार्थीलगायत अन्य)को सबैभन्दा ठूलो नेतृत्व मञ्च यो कार्यक्रम हुने आयोजकले बताएको छ ।


कार्यक्रमले युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने विश्वास लिएको छ । काठमाडौँ युथ कन्क्लेभ २०२०को प्रमुख उद्देश्यहरू विद्यार्थीलाई सही दिशानिर्देश गर्ने, सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने, परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउने, नयाँ उद्यमशीलतालाई प्रवद्र्धन गर्ने तथा सेलिब्रिटी र अन्य सरोकारवालाको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने रहेका छन् ।


काठमाडौँयुथ कन्क्लेभ KYC २०२०
मिति                                    -    वि.सं. २०७६ माघ २४ गते तदनुसार सन् २०२०फेब्रुवरी ७ शुक्रबार
समय                                   -    बिहान ९ बजेदेखि
स्थान                                   -    नेपाल प्रज्ञा प्रतिष्ठान (नेपाल एकेडेमी), काठमाडौँ
अपेक्षित सहभागी                   -     करिब ३,००० को सङ्ख्यामा विद्यार्थीवर्ग, उद्योग–व्यवसायी र अन्य युवाहरू
प्रमुख अतिथि                        -    माननीय योगश भट्टराई (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री)
KYC 2020 युथ आइकन        -   सन्दीप लामिछाने (क्रिकेटर)
KYC 2020 विशेष अवार्ड        -     आयशा शाक्य, राष्ट्रिय खेलाडी (तेक्वान्डो)
१० सहरमा स्थानीय KYC       -  बिर्तामोड÷दमक, विराटनगर, जनकपुर, हेटौँडा, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी

प्लस टु वा सोभन्दा माथि पढ्दै गरेका विद्यार्थी तथा अन्य गरी करिब तीन हजार युवालाई उक्त कन्क्लेभमा जम्मा गरिने बताइएको छ। कार्यक्रम युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेसनल कलेज, न्यु समिट कलेज र हिमालय कलेज अफ इन्जिनियरिङले संयुक्त रूपमा आयोजना गर्दैछन्।

सम्मानित हुने खेलाडीद्वय र अतिथि मन्त्रीद्वयलगायत उक्त कार्यक्रममा आमन्त्रित वक्ताहरूमा बैंकर अनिल केशरी शाह, चलचित्रकर्मी निश्चल बस्नेत, बोटलर्स नेपालका प्रदीप पाण्डे, नकिम उद्दीन, गायिका समृद्धि राई र सङ्गीतकार अल्मोडा राणा उप्रेती छन्। युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा यस कार्यक्रमले मद्दत गर्ने लक्ष्य लिइएको छ। डा शिवदत्त ज्ञवालीका अनुसार पहिलेका कार्यक्रममा झैँ नेपालमै अवसर छ भन्ने कुरा कार्यक्रमका वक्ताहरूले प्रेरणा दिनेछन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने यस युवालक्षित कार्यक्रमलाई एनसेल, यामाहा, कोकाकोला, भिभो मोबाइल, वल्र्डलिङ्क, सानिमा बैङ्क, डिजाइन एन्ड प्रिन्ट, खल्ती, टुटल, चित्लाङ रिसोर्ट, रेन्ट टुर, नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल २०२० लगायतको सहयोग रहेको छ।