कीवर्डहरू -

टेलिकमको अफरः डेटामा अहिलेसम्मकै ठुलो प्याकेज, रिचार्ज गर्दा पनि बोनस

रिचार्ज गर्दा बोनस पाइने योजना माघ २२ देखि माघ २४ सम्म मात्र चल्ने छ । भने अन्य अफरहरु  आगामी चैत ३० गते सम्म चल्नेछन् ।

टेलिकमको अफरः डेटामा अहिलेसम्मकै ठुलो प्याकेज, रिचार्ज गर्दा  पनि बोनस

नेपाल टेलिकमले १६ औं वर्ष पुरा गरेको अवसरमा बुधबार विभिन्न प्याकेज सार्वजनिक गरेको छ ।  ग्राहकलाई ध्यानमा राखेर अहिलेसम्मकै ठुलो डेटा प्याक पनि सार्वजनिक गरेको छ ।

जसमा टेलिकमले १६ सय रुपैयाँमा ९० दिनको लागि मान्य हुने ३० जीबी डेटा र तीनहजार रुपैयाँमा १ सय ८० दिनको लागि मान्य हुने ६० जीबी डेटा उपलब्ध गराउने छ ।

त्यसैगरी ‘पोष्टपेड’ प्रयोगकर्ताले तीनसय रुपैयाँमा ३० दिनको लागि मान्य हुने ६ सय २० मिनेट भ्वाइस वा तीनहजार एमबी डेटा पाउने टेलिकमले बताएको छ ।

त्यस्तै टेलिकमले रिचार्जमा पनि बोनसको सुविधा ल्याएको छ । जसमा दुईसय वा दुईसय भन्दा माथिको रिचार्जमा दुईसय एमबी डेटा निशुल्क प्राप्त गर्न सकिने छ ।

त्यसैगरी ४९९ भन्दा माथिको रिचार्जमा पाँचसय एमबी डेटा र ९९९ भन्दा माथिको रिचार्जमा एकहजार एमबी डेटा निःशूल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

रिचार्ज कार्ड र एमपीओएस (MPOS) प्रविधिबाट रिचार्ज गर्दा मात्र रिचार्जमा बोनस प्राप्त गर्न सकिने छ ।

रिचार्ज गर्दा बोनस पाइने योजना माघ २२ देखि माघ २४ सम्म मात्र चल्ने छ । भने अन्य अफरहरु  आगामी चैत ३० गते सम्म चल्नेछन् ।