कीवर्डहरू -

सीडीएमए सेवा बन्द गर्दै टेलिकम, वेबसाइटमा थपिए नयाँ सुविधा

उक्त समारोहमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सीडिएमए सेवाका ग्राहकहरुलाई आगामी आर्थिक वर्ष भित्र फोरजीमा रुपान्तरण गरी सीडिएमए सेवालाई क्रमश बन्द गर्ने गरी कार्य अगाडी बढिसकेको जानकारी दिएका हुन् ।

सीडीएमए सेवा बन्द गर्दै टेलिकम, वेबसाइटमा थपिए नयाँ सुविधा

भद्रकालिस्थित केन्द्रीय कार्यालयमा नेपाल टेलिकमले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रमको उद्घाटन  प्रमुख अतिथि गोकुल बास्कोटाले गरेका हुन् ।

बास्कोटोले वार्षिकोत्सवकाे अवसरमा नेपाल टेलिकमको ‘१६ औं वार्षिकोत्सव स्मारिका २०७६’ पनि विमोचन पनि गरेका छन् ।

\"\"

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटोले टेलिकम १६ औं वर्ष पुरा  गरी १७ औं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल टेलिकमलाई  शुभकामना व्यक्त गर्दै एक वर्ष अघि लिएको संकल्प पुरा भएको बताएका छन् ।

बास्कोटा भन्छन्, “गत वर्ष हामीले एकवर्ष भित्र सबै ठाउँमा फोरजी सेवा पुर्याउछौं भन्दा फोस्रो गफ र मन्त्रीको दम्भ भनेर भनेका थिए तर त्यो संकल्प पुरा भएको छ” ।

त्यसैगरी कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको उपस्थिति रहेको थियो ।

\"\"

वार्षिकोत्सव समारोहमा कम्पनी सञ्चालक समितिका सदस्य, पूर्वसञ्चालक, पूर्व महाप्रबन्धक, पूर्व प्रबन्ध निर्देशक,  पूर्व नायब प्रबन्धक,  पूर्व नायब प्रबन्धक निर्देशक, पत्रकार, कम्पनीका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

उक्त समारोहमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सीडिएमए सेवाका ग्राहकहरुलाई आगामी आर्थिक वर्ष भित्र फोरजीमा रुपान्तरण गरी सीडिएमए सेवालाई क्रमश बन्द गर्ने गरी कार्य अगाडी बढिसकेको जानकारी दिएका हुन् ।

वार्षिकोत्सवको अवसर पारेर नेपाल टेलिकमले वेबसाइटको डिजाइन पनि परिवर्तन गरेको छ । डिजाइन परिवर्तन सँगै डेटा तथा भ्वाइसका विभिन्न प्याकेज पनि अब वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ । रिचार्ज गर्न तथा टेलिकम सम्बन्धि अन्य विविध जानकारी वेबसाइटबाटै लिन सकिने भएको छ ।

\"\"

नेपाल टेलिकमले सरकारलाई गत वर्ष कुल ३३ अर्ब ३१ करोड कर बुझाएको छ । जसमा कर र गैरकरबापत २५ अर्ब ७६ करोड रुपयाँ तथा डिभिडेन्ट (लाभांस) बापत सात अर्ब ५५ करोड रुपैयाँ रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।