कीवर्डहरू -

सस्तो मूल्यमा नेपाली बजारमा आयो \'हुवावे वाई सीक्स एस\'

यसमा ३ जीबी र्याम र ६४ जीबी स्टोरेज उपलब्ध रहेको छ ।

सस्तो मूल्यमा नेपाली बजारमा आयो \'हुवावे वाई सीक्स एस\'

हुवावेले नेपाली बजारमा 'हुवावे वाई सीक्स एस' सार्वजनिक गरेको छ । ६.९ इन्चको आइपीएस एलसीडी डिस्प्ले रहेको यस फोनमा मिडिया टेकको प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा ३ जीबी र्याम र ६४ जीबी स्टोरेज उपलब्ध रहेको छ । एन्ड्रोइड ९ (पाई) मा आधारित यस फोनमा पछाडीको क्यामेरा १३ मेगापिक्सेलको रहेको छ । भने सेल्फी क्यामेरा ८ मेगापिक्सेलको राखिएको छ ।

यी दुबै क्यामेरामा एलइडी फ्ल्यासको सुविधा रहेको छ । फिंगरप्रिन्टको सुविधा रहेको हुवावे वाई सीक्स एसमा ३ हजार २० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । नेपाली बजारमा यस फोनको मूल्य १४ हजार ९ सय ९० रहेको छ ।