कीवर्डहरू -

नेपालमा पनि मनाइदै ‘सुरक्षित इन्टरनेट दिवस’

करिब १० वर्ष अगाडि यूकेबाट मनाउँन सुरु गरिएको यो सेफर इन्टेनेट डे अहिले नेपाल सहित विश्वका १ सय ५० भन्दा बढी देशमा मनाइदै छ ।

नेपालमा पनि मनाइदै ‘सुरक्षित इन्टरनेट दिवस’

आउँदो ११ फेब्रुअरीमा पाटन स्थित कृष्ण मन्दिरको अगाडी सुरक्षित इन्टरनेट दिवस मनाइदै छ । करिब १० वर्ष अगाडि यूकेबाट मनाउँन सुरु गरिएको यो सेफर इन्टरनेट डे अहिले नेपाल सहित विश्वका १ सय ५० भन्दा बढी देशमा मनाइदै छ ।

फेब्रुअरी महिनामा मनाइने यो दिवस नेपालमा सन् २०१९ बाट चाइल्ड सेफ नेटले मनाउँन सुरु गरेको हो । युरोपिएन युनियनसँगको सहकार्यमा सेफर इन्टरनेट डे को प्रवर्द्धन गर्न नेपालमा चाइल्ड सेफ नेटले संयोजकको जिम्मेवारी पाएको छ ।

चाइल्ड सेफ नेटका अनिल रघुवंशी भन्छन्, चाइल्ड सेफ नेटले बालबालिका र युवाको लागि डिजिटल प्रविधिको सुरक्षित प्रयोग गर्न जानकारी दिने उदेश्यले विभिन्न कार्यक्रमहरु गर्दे आएको छ

जनवरीको अन्त्यमा चाइल्ड सेफ नेटले साइबर सेफ्टी सम्बन्धि चारदिने तालिमको आयोजना गरेको थियो । जसमा २० जनालाई तालिम प्रदान गरिएको हो ।

चाइल्ड सेफ नेटले साइबर सेफ्टी सम्बन्धि ६० जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिएकाेे थियोे । उनिहरुलाई परिचालन गरेेेर चाइल्ड सेफ नेटले पाँचहजार भन्दा बढी बालबालिका र नवयुवालाई स्कुल तथा कलेजमा  साइबर सेफ्टीकाेे तालिम दिइसकेको छ ।

त्यैसैगरी सामाजिक सञ्जालबाट पनि सुरक्षित इन्टरनेटको बारेमा विभिन्न जानकारी प्रदान गरिरहेको छ । त्यस्तै चाइल्ड सेफ नेटबाट तालिम लिएकाले पनि ठाउँ ठाउँमा पुगेर कार्यक्रमहरु गरिरहेका छन् ।

यो वर्ष चाइल्ड सेफ नेटकाे सहयाेगमा इन्टरनेटमा कसरी सुरक्षित रहने भन्ने विषयमा नवलपरासीमा वक्तृत्वकलाको समेत आयोजना भइसकेको  छ ।

नेपालमा इन्टरनेट तथा डिजिटल प्रविधि कसरी सुरक्षित तरिकाले प्रयोग गर्ने भन्ने बारेमा धेरैलाई थाहा नभएको अनिल रघुवंशी बताउछन् ।

यदि बालबालिकालाई अनलाइनमा अश्लिल चित्र र भिडियोहरु देखिएमा रिपोर्ट गर्न रिपोर्टिङ पोर्टल को सुविधा पनि रहेको छ ।

यसको लागि इन्टरनेट वाच फाउन्डेसनसँग चाइल्ड सेफ नेटले सहकार्य गरेको छ । चाइल्ड सेफ नेटले गतवर्ष देखि रिसर्च रिपोर्टमा पनि काम गरिरहेको छ ।

आगामी दिनमा रिसर्च रिपोर्ट, तालिम, जनचेतना, एडभोकेसी तथा विभिन्न कार्यक्रमहरु गर्ने चाइल्ड सेफ नेटको योजना रेहेको छ ।