कीवर्डहरू -

मेईजुका तीन नयाँ स्मार्टफोनहरु अब नेपाली बजारमा

मेईजुका तीन नयाँ  स्मार्टफोनहरु अब नेपाली बजारमा

मेईजु ब्राण्डका नयाँ लागेता पनि यो ब्राण्डका मोबाइलहरु २०१६ मा नै नेपालमा भित्रिएको हो । र बिचमा यसको बिक्रि वितरण बन्द भएको थियो र पुरानो वितरकले फोनको बिक्रि वितरण छोडे पछि अहिले चौधरी ग्रुप (सीजी) मेईजु फोनको नेपालको लागि आधिकारिक बिक्रेता भएको छ ।

सिजी ग्रुपले आधिकारिक बिक्रेताको जिम्मेवारी लिए सँगै मेजु स्मार्ट फोनका मेईजु प्रो ७, एम ६ तथा एम ५ एस गरि तीनवटा सेटहरु नेपाली बजारमा बिक्रीका लागि ल्याएको छ ।

सीजीले सार्बजनिक गरेको मेईजुको प्रो ७ मा ५.२" को फुल एचडी डिस्प्ले रहेको छ । यसमा ४ जीबी र्याम,६४ जीबी रोम रहेको छ । यसका साथै सोनीको १२ एमपी को रियर डुअल क्यामेरा समेत यसमा रहेको छ ।

मेईजुको यो फोनमा ३००० एमएएच ब्याट्री रहेको छ र यसको नेपाली मूल्य रु ४७ हजार ४ सय ९९ रहेको छ ।

त्यस्तै मेईजुले अर्को मोडेल एम ६ सार्वजनिक गरेको छ । जसको मूल्य रु १८ हजार ७ सय ९९ रहेको छ । यसमा भने ३ जीबी र्याम, ३२ जीबी रोम रहेको छ । ५.२ इन्च डिस्प्ले भएको यो फोनमा सोनीको १३ एमपीको रियर र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ ।

डुअल नानो सिम सपोर्ट गर्ने यो फोनमा ३०७० एमएएचको ब्याट्री प्याक भएर आएको छ । बजेट थोरै भएका प्रयोगकर्ताहरुका लागि यो फोन राम्रो विकल्प हुन सक्छ ।

सिजीले प्रो ७, एम ६ सँगै मेईजुको अर्को स्मार्टफोन एम ५ एस मोडेल सार्बजनिक गरेको छ । यो भने ३२ जीबी र १६ जीबी गरेर दुइवटा संस्करणमा उपलब्ध रहेको छ । ३२ जीबीको मूल्य रु १९ हजार ४ सय ९९ तोकिएको छ भने १६ जीबीको मूल्य रु १८ हजार १ सय ९९ तोकिएको छ ।

मेईजुको यो सेटमा पनि ५.२ इन्चकै डिस्प्ले रहेको छ । ३ जीबी र्याम,१६/३२ जीबी रोम यसमा रहेको छ । ३००० एमएएचको ब्याट्रीको प्रयोग भएको यो फोनमा १३ एमपीको रियर र ५ एमपी को फ्रन्ट क्यामेरा रहेको छ । यो ह्यान्डसेट पनि थोरै बजेट हुने उपभोक्ताहरुका लागि राम्रो विकल्प हुन् सक्छ ।