कीवर्डहरू -

नौसय रुपैयाँमै ३० एमबीपीएसको इन्टरनेट र टिभी

विगत दश वर्ष देखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेकले प्रभु टिभी संग सहकार्य गरेको छ ।

नौसय रुपैयाँमै ३० एमबीपीएसको इन्टरनेट र टिभी

विगत दश वर्ष देखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेकले प्रभु टिभी संग सहकार्य गरेको छ ।

क्लासिक टेकले उच्च गुणस्तरको इन्टरनेट सेवाको साथै टिभि सेवा क्लासिक प्रभु टिभिको नाममा बजारमा ल्याएको छ ।

यस सहकार्यले गुणस्तरीय इन्टरनेट तथा टिभि सेवाको माग गरिरहेका ग्राहकलाई राहत पुग्ने कम्पनीले जनाएको छ ।

हाल यो सेवा काठमाडौँ उपत्यका लगायत प्राय सबै जसो सहरहरुमा उपलब्ध गराइएको छ । क्लासिक टेक र प्रभु टिभिको सहकार्यमा बिशेष स्कीम "आयो है आयो" बजारमा आएको छ ।

यस स्कीममा क्लासिक टेकको ३० एमबीपीएसको इन्टरनेट मात्र नौसय रुपैयाँमा प्राप्त गर्न सकिनेछ । यस योजनामा प्रभु टिभी निशूल्क प्रदान गरिएको छ ।

नेपालमै कम मूल्यमा पहिलो पटक इन्टरनेट र टिभिको सुबिधा प्रदान गरेको कम्पनीले जनाएको छ । यो अफर सीमित समय सम्मको लागि मात्र उपलब्ध रहेको छ ।