कीवर्डहरू -

बायोमेट्रिक र सेक्युरिटी सोलुसन्सका अत्याधुनिक प्रडक्टहरु 

बायोमेट्रिक र सेक्युरिटी सोलुसन्सका अत्याधुनिक प्रडक्टहरु 

सराज पन्त , प्रतिनिधि, सिजी टेक्नो ड्रिम

सिजी टेक्नो ड्रिमले डेटा सेन्टर, सेक्युरिटी, पेमेन्ट र बायोमेटिक सेवा दिने ४ ओटा नयाँ प्रडक्ट नेपाली बजारमा सार्वजनिक गरेका छौं ।
यसअन्तर्गत बायोमेट्रिक र सेक्युरिटी सोलुसन्सका लागि विश्वविख्यात एचवाइएफ ( HYF) को बायोमेटिक हार्डवेयर सोलुसन्स ल्याएका छौं भने मानिसहरुको अनलाइनमा रहेका डेटा सुरक्षाका लागि लक्षित गर्दै आरई सेक्युरिटी (RE Security) ल्याएका छौं । यसले इन्टरनेटमा कस्ता थ्रेटहरु छन् भन्ने जानकारी दिन्छ र सुरक्षित उपायतिर डो¥याउँछ ।

एक्स्टर्नल थ्रेटसँगै इन्टर्नल थ्रेटबाट पनि बचाउने यो प्रडक्ट मालवेयर इन्फेक्शन, डेटा सेक्युरिटी, मोबाइल सेक्युरिटीका लागि तीव्र भइरहेको छ । त्यस्तै हामीले ल्याएको डेटा सेन्टर प्रडक्ट हो इएसडीएस (ESDS) । ईएसडीएस क्लाउडमा आधारित सेवा प्रदान गर्ने एक प्लाटफर्म हो ।