कीवर्डहरू -

नेपाली डोमेन नेम : सुन्दा सामान्य तर अचाक्ली महँगा !

यतिसम्म कि नेपालमै, नेपालीले नै कुनै नेपाली कम्पनीसँग भएको एउटा डोमेन नेम झन्डै ५० लाख रुपैयाँभन्दा बढी रकम खर्चेर किनेको समेत भेटिएको छ ।

नेपाली डोमेन नेम : सुन्दा सामान्य तर अचाक्ली महँगा !

मुठ्ठीभरको मोबाइल सेटमा संसार अटेको छ आजकल । र त सधैं भान्सामा बेचिने तरकारीदेखि कहिलेकाहीं प्रयोग हुने सामानसम्म अनलाइनमा किनबेच हुन थालेको छ । हरेकजसो व्यवसाय अनलाइनकरण भइरहेका छन् ।

अनलाइनमा जान सबैभन्दा पहिला चाहिने चीज हो ‘डोमेन नेम’ । र त नेपालमा पनि कम्पनीको नाम जुराउँदासमेत आपूmले चाहेको डोमेन नेम खाली छ कि छैन भनेर हेर्ने चलनको विकाससमेत नेपालमा भइसकेको छ । नेपालमै पनि अन्तर्राष्ट्रिय बजारमा जस्तो डोमेन नेमको सेकेन्ड ह्यान्ड किनबेचले राम्रो ठाउँ पाउन थालिसकेको छ । आपूmले चाहेको डोमेन नेम आफ्नो बनाउन लाखौं खर्च गर्ने नेपालीहरुको संख्या पनि ठूलै हुन थालेको छ ।

यतिसम्म कि नेपालमै, नेपालीले नै कुनै नेपाली कम्पनीसँग भएको एउटा डोमेन नेम झन्डै ५० लाख रुपैयाँभन्दा बढी रकम खर्चेर किनेको समेत भेटिएको छ ।

यतिसम्म कि नेपालमै, नेपालीले नै कुनै नेपाली कम्पनीसँग भएको एउटा डोमेन नेम झन्डै ५० लाख रुपैयाँभन्दा बढी रकम खर्चेर किनेको समेत भेटिएको छ । केही समययता नेपालमा डोमेन बेचबिखन उल्लेखनीय रुपमा फस्टाएको मात्र छैन, दिमाग लगाउनेहरुले डोमेन विक्री गरेर करोडभन्दा बढी आम्दानी गरेका उदाहरणहरु समेत भेटिएका छन् नेपालमा ।

न्युज पोर्टलका लागि डोमेन नेम पाउनै छोड्यो, सेकेन्ड ह्यान्ड डोमेन किन्ने चलन बढ्यो

तपाईंले इन्टरनेटमा अगाडि राम्रो केही शब्द राखेर न्यूज जोडी, उक्त डोमेन खोज्नुभयो पाउनै मुश्किल पर्छ । न्युज त अग्रेजी नाम भयो, विश्वभरका मान्छेले कोही न कोहीले आफ्नो बनायो भन्ने होला, नेपालमै पनि ‘खबर’ जोडेर कुनै नाम खोज्नुभयो भने पाउन छोडिसकेको अवस्था छ । नेपालको चर्चित अनलाइन पोर्टल ‘अनलाइनखबर’ चलेपछि पछाडिखबर झुन्ड्याएर डोमेन दर्ता गराउनेहरु बढेका छन् ।


आफ्नो जिल्लाको नाम जोडेर मात्र होइन, कुनै ठाउँ विशेषको नाम ‘खबर ’सँग जोडेर समेत डोमेन नेमहरु दर्ता भएका छन् । यहीबीचमा आफूले मन पराएको नेपाली डोमेन लाखौंमा विक्री हुन थालेको छ ।


उदाहरणका लागि मर्कन्टाइल कम्युनिकेशनको स्वामित्वमा रहेको ‘नेपालन्युज डटकम’ डोमेन नेम मात्रै लाखौं रुपैयाँमा विक्री भएको छ । आफूले रुचाएको डोमेन नेमका लागि यसरी सेकेन्ड ह्यान्ड डोमेनको विक्री ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा यस्तो व्यापार इन्टरनेटमै पनि गर्न मिल्छ । तर नेपालमा
अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेले कानूनी मान्यता नपाउँदा यो व्यापार कानून बमोजिम हुँदैन । र पनि यसरी डोमेन नेमको व्यापार गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

नेपाली डोमेन नेम : सुन्दा सामान्य तर अचाक्ली महँगा !

इन्टरनेट बजारमा विक्रीका लागि राखिएका कतिपय नेपाली डोमेनको नाम सुन्दा मानिसहरु छक्क पर्न सक्छन् । तर बेच्नेहरु मालामाल भइ नै रहेका छन्, किन्नेहरुले पनि किन्न छोडेका छैनन् । पछिल्लो समय न्युज पोर्टललाई काम लाग्ने नाम, सेलिब्रेटीका नाम उल्लिखित डोमेनहरु, चर्चित ब्रान्डका नाम राम्रो मूल्यमा विक्रीका लागि राखिएका छन् । र ती डोमेन निकै महँगा पनि छन् । यो समाचार तयार गर्दासम्म नेपालकी चर्चित नायिका रेखा थापाको नाम उल्लिखित डोमेन रेखाथापा डटकम ७१८७ डलरमा विक्रीमा छ भने चर्चित नायक राजेश हमालको नाम उल्लिखित राजेशहमाल डटकम ३७८९.२५ डलरमा विक्रीमा छ ।

प्रचण्ड डटकम ५२७६. २० डलरमा विक्रीमा छ भने हालका प्रधानमन्त्री केपी वलीको नाम उल्लिखित केपी ओली डटकम ५७४८. ८५ डलरमा विक्रीमा छ

डोमेन नेमसम्बन्धी ज्ञान भएकाहरुले यी नामहरु आफ्नो नाममा दर्ता गरेर विक्रीका लागि इन्टरनेटमा राखेका छन् । कुनै बेलाकी चर्चित नायिका नम्रता श्रेष्ठ डटकम ४४७९.२५ डलरमा विक्रीमा छ । नायिकाहरु मात्र होइन, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नाम उल्लिखित प्रचण्ड डटकम ५२७६. २० डलरमा विक्रीमा छ भने हालका प्रधानमन्त्री केपी वलीको नाम उल्लिखित केपी ओली डटकम ५७४८. ८५ डलरमा विक्रीमा छ । नेप्लिज डटकम १९५५० डलर अर्थात् झण्डै २० लाख नेपाली रुपैयाँसम्ममा केही समय अघिसम्म मात्र विक्रीमा थियो ।

यी त केही उदाहरणमात्र भए । त्यस माथि इन्टरनेटमा मूल्य नै तोकेर राखिएकानामहरु भए यी उदाहरणहरु । यहाँ त यतिसम्म भएको छ कि, एउटा सुन्दा सामान्य लाग्ने डोमेनको ३० लाख देखि ४० लाखसम्मका डिल टेलिफोन संवादमै टुंगिएका पनि छन् । बेच्नेले त आपूmसँग भएको डोमेन जति मूल्य राख्दा पनि भयो, तर नेपालमा डोमेनका लागि लाखौं रुपैयाँ खर्च गरिनु भने अचम्मकै विषय छ ।

यस सम्वन्धी विशेष रिपार्ट लिभिङ विथ आइसिटी म्यागजिनको मंगसिर अंकमा प्रकाशन भएको छ । म्यागजिन पढ्नको लागि यहाँँ क्लिक गर्नुहोस ।