कीवर्डहरू -

लेनोभो योगा ५३० ल्यापटप

लेनोभो योगा ५३० ल्यापटप

नेपाली बजारमा उपलब्ध लेनोभो योगा ५३० ल्यापटप पारखीका लागि एक उत्कृष्ट रोजाइ हुन सक्छ । स्टाइलिस र पोर्टेबल रहेको यो ल्यापटप विद्यार्थी, युवादेखि बिजनेश म्यान सबैले मन पराउन सक्छन् ।

३६० डिग्री हिन्ज फिचर भएका कारण तपाईंले आवश्यकता अनुसार यसलाई ल्यापटप वा ट्याब्लेट मोडलमा प्रयोग गर्न चलाउन सक्नुहुन्छ । ल्यापटपमा १४ इन्चको फुल एचडी डिस्प्ले आइपिएस टचस्क्रिन रहेको छ ।

यसमा ग्राफिक्स एनभिडिया जीफोर्स एमएक्स १३० प्रयोग गरिएको छ । ८औं जेनेरेशन इन्टेल कोर आई फाइभ प्रोसेसर रहेको यो ल्यापटप विन्डोज १० होममा सञ्चालन हुन्छ । ८ जिबी ¥याम रहेको छ भने स्टोरेज २५६ जिबी रहेको छ ।

१० घण्टासम्मको ब्याट्री ब्याकअप रहेको ल्यापटमा सेक्युरिटीअन्तर्गत अप्सनल फिङ्गरप्रिन्ट रिडर रहेको छ । तीन ओटा रङमा उपलब्ध छ यो ल्यापटप । नेपाली बजारमा १ लाख १६ हजार रुपैयाँ मूल्य रहेको यो ल्यापटपको हाल अफर मूल्य १ लाख ५ हजार रुपैयाँ छ । साथमा प्रयोगकर्ताले जेन्युन अपरेटिङ सिस्टम पनि पाउनेछन् ।