कीवर्डहरू -

बैंक अफ काठमाण्डूको ‘बिओके स्मार्ट’ बाट टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा नगद फिर्ता योजना ल्याएको छ ।

बैंक अफ काठमाण्डूको ‘बिओके स्मार्ट’ बाट टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा नगद फिर्ता योजना ल्याएको छ ।

ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बिओके स्मार्ट मार्फत् नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकहरुले कारोबार रकमको २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्मार्टबाट गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ ।

बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानी मै आम्दानी भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई अनुरोध गरेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।