कीवर्डहरू -

नेपालमा ब्रोडव्याण्ड इकोसिस्टम बनाउन जरुरी 

समग्रमा भन्दा निराश नै हुनुपर्ने कारण त आइसकेको छैन तर, उत्साहजनक अवस्था पनि छैन

नेपालमा ब्रोडव्याण्ड इकोसिस्टम बनाउन जरुरी 

सुमनलाल प्रधान, पूर्वअध्यक्ष, इन्टरनेट सेवा प्रदायक संघ नेपाल

समग्र नेपालको इन्टरनेट क्षेत्रलाई विश्लेषण गर्ने हो भने उत्साहजनक नै मान्नुपर्दछ । अहिले व्यापक रुपमा कुनै कुराको गरिन्छ भने त्यो इन्टरनेट नै हो । संसारभर अद्भूत रुपमा विकास र विस्तार भइरहेको इन्टरनेट र यससम्बन्धी प्रविधिबाट नेपाल पनि अब अछुतो रहेन । अरु विकासमा हामी पछि परेका छौं, तर इन्टरनेटको विकासमा विश्वको रफ्तारसँगै नेपाल पनि बढिरहेको छ । आम रुपमा धेरै चासोको विषय नै इन्टरनेटसँग सम्बन्धित रहेको छ ।

प्रयोगकर्ता दिन २ गुणा रात ४ गुणाको दरले बढिरहेका छन् । यी यावत् पक्षको विश्लेषण गर्दा हामी इन्टरनेट उद्योगमा लागेका सेवा प्रदायकहरुलाई धेरै अवसर रहेका छन् । विश्वमा विकसित भएको इन्टरनेटका उच्चतम प्रविधिको कुरा गरिरहँदा नेपाल पनि सौभाग्यवश सँगसँगै आइरहेको छ ।

तपाईं हाम्रो घरमा इन्टरनेट जसरी आउँछ, त्यसरी नै विश्वको उत्कृष्ट शहरमा पनि इन्टरनेट उसरी नै आउँछ । उच्चतम प्रविधि अर्थात् अहिले प्रचलित फाइबर अप्टिक्स प्रविधिबाट इन्टर नेटको वितरण व्यापक रुपले भइरहेको छ । यो प्रविधिको सन्दर्भमा हामी पछि छैनौं । तर नेपालको भौगोलिक अवस्था र विभिन्न कारणले केही पछि परेको यथार्थ भने हामीसामु छ ।

प्रयोगकर्ता दिन २ गुणा रात ४ गुणाको दरले बढिरहेका छन् । यी यावत् पक्षको विश्लेषण गर्दा हामी इन्टरनेट उद्योगमा लागेका सेवा प्रदायकहरुलाई धेरै अवसर रहेका छन् । विश्वमा विकसित भएको इन्टरनेटका उच्चतम प्रविधिको कुरा गरिरहँदा नेपाल पनि सौभाग्यवश सँगसँगै आइरहेको छ ।

विशेषगरी फाइबर अप्टिक्स शहरकेन्द्रित छ । ग्रामीण इलाकामा सुस्त छ । अब यसमा राजनीतिक हिसाबले हेर्ने हो भने सरकारी निकायले गर्न खोजेको प्रयास ढिलो नै छ । यो पूर्वाधारसँग सम्बन्धित कुरा हो । मेरो विचारमा पूर्वाधारको विकास बिरलै सेवा प्रदायक कम्पनीहरुले गर्छन् । पूर्वाधार निर्माणमा राज्यकै भूमिका हुन्छ । तर नेपालको परिप्रेक्ष्यमा जे जति पूर्वाधार खडा भए, व्यवसायीहरुले आफ्नो स्तरबाट गरे । अहिले सरकारकै अग्रसरतामा सुरु भएको आभास पाएका छौं ।

समग्रमा भन्दा निराश नै हुनुपर्ने कारण त आइसकेको छैन तर, उत्साहजनक अवस्था पनि छैन । व्यवसायीले आफ्नो नाफाका लागि आफै पूर्वाधार विस्तार गर्ने भए । ग्रामीण इलाकामा व्यवसायीहरु वा निजी क्षेत्रले पूर्वाधारको काम थाल्दैनन् । यसमा राज्यले जुन भूमिका खेल्नुपर्ने थियो, त्यो नखेलेर केही ढिला भएको हो । फाइबर अप्टिक्सकै बढी चर्चा भइरहँदा ब्रोडब्यान्ड इन्टरनेटमा अरु विकल्प छैनन् त भन्ने प्रश्न आउला । वास्तवमा फाइबर अप्टिक्स नै निर्विकल्प त होइन । माइक्रोवेब बेस वायरलेस प्रविधि पनि अहिले चल्तीमा छ, जुन पहिलेभन्दा केही एफोर्डेबल पनि छ ।

नेपाल एउटा कुरामा चाहिँ पछि परेको भनेको स्याटेलाइट बेस ब्रोडब्यान्ड कनेक्टिभिटीमा हो । स्याटेलाइटको फुटप्रिन्ट नेपालमा हुने र यसलाई जमिनको पूर्वाधारको रुपमा नभई आकाशको पूर्वाधारको रुपमा लिने हो भने भौगोलिक विकटता भएका नेपालका ठाउँहरुमा ब्रोडब्यान्ड कनेक्टिभिटी पु¥याउन सहज हुने थियो । यसमा राज्यले नै भूमिका खेल्न सक्नुपर्छ । यसो हुन सके ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट फाइबर अप्टिक्सभन्दा कम शुल्कमा पाउन सकिन्छ । तर यसबारे कसैले पनि ध्यान दिएका छैनन् । अहिले ग्रामीण

दूरसञ्चार विकास कोषबाट फाइबर पु¥याउने परियोजनाहरु मात्रै सञ्चालित छन् । व्यवासयको सामान्य नियम नै हो कि धेरै समयदेखि काम गर्दै आएका र धेरै पूँजी भएका व्यवसायीको सेवा विस्तार ठूलो छ । अहिले सेवा प्रदायकहरुबीच प्रतिस्पर्धात्मक वातावरण आएको छ । यसबाट सबैभन्दा बढी कन्जुमर नै लाभान्वित भएका छन् । ब्रोडब्यान्ड कनेक्टिभिटी भनेको अहिले मानिसका लागि आधारभूत आवश्यकता बनिसकेको छ ।

\"\"

मानिसले उपयोग गर्ने खालकै बनेको छ । हामीले ब्रोडब्यान्ड कनेक्टिभिटीको कुरा गरिरहँदा ब्रोडब्यान्ड इकोसिस्टमको कुरा पनि साथसाथै गरिरहेका छौं । ब्रोडब्यान्डको विकासका लागि चाहिने सबै कम्पोनेन्टमा केही योगदान गर्न सकिन्छ कि भनेर लागिरहेका छौं । जस्तो– ब्रोडब्यान्डमा कनेक्टिभिटीको कुरासँगै कन्टेन्टको पनि कुरा आउँछ ।

ब्रोडब्यान्डको तहमा इन्फ्रास्ट्रक्चरको सेयरिङ गर्ने कल्चर कहीँ पनि छैन । यो अभ्यासलाई हामीले मोटिभेट गर्नुपर्छ । यसो भयो भने युजरलाई पनि ब्रोडब्यान्ड सस्तो पर्न जान्छ । आइएसपीहरुलाई पनि आफ्नो प्रडक्ट डेलिभरी कस्ट सस्तो पर्न जान्छ ।

कनेक्टिभिटी मात्रै भएर लोकल कन्टेन्ट भएन भने प्रत्युत्पादक हुन्छ, जुन अहिले पनि अलिअलि देख्न सकिन्छ । अहिले इन्टरनेट चलाउँदा अरु दुर्घटना पनि आउने स्थिति छ । तपाईंका बाबुनानी इन्टरनेट चलाएर बसिरहेका छन् भने खुसी भन्दा डर मान्नुपर्ने स्थिति छ । लोकल कन्टेन्ट डेभलप हुनु पनि ब्रोडब्यान्ड इन्टरनेटको इकोसिस्टमभित्र नै पर्छ । दैनिक जीवनमा आवश्यक पर्ने एप्लिकशेनहरु पनि चाहिन्छ । ती पार्टहरु पनि हाम्रो चासोको विषय बन्नुपर्छ ।

अर्को भनेको ब्रोडब्यान्ड पूर्वाधार हो । ब्रोडब्यान्ड इन्फ्रास्ट्रक्चर अहिले निकै महँगो भइरहेको छ । सेवाप्रदायकलाई पूर्वाधारको राम्रो वातावरण नभएकाले महँगो रकम तिरेर आफै बनाएका छन् । ब्रोडब्यान्डको तहमा इन्फ्रास्ट्रक्चरको सेयरिङ गर्ने कल्चर कहीँ पनि छैन । यो अभ्यासलाई हामीले मोटिभेट गर्नुपर्छ । यसो भयो भने युजरलाई पनि ब्रोडब्यान्ड सस्तो पर्न जान्छ । आइएसपीहरुलाई पनि आफ्नो प्रडक्ट डेलिभरी कस्ट सस्तो पर्न जान्छ ।

सँगै ब्रोडब्यान्ड इकोसिस्टमका लागि ब्रोडब्यान्डसँग सम्बन्धित मेनपावरको विकासमा पनि हाम्रो चासो हुन आवश्यक छ । मलाई चिन्ता लागेको विषय कतैफेरि ब्रोडब्यान्ड महँगो त हुने होइन भन्नेमा छ । किनभने अब केबलहरु अब अन्डरग्राउन्ड बिछ्याउने नीति आएको छ । कसैले यसलाई अस्वीकार गर्न सक्दैन कि अहिले जसरी तारहरु बिछ्याइएएको छ, सही किसिमले भएको छ भनेर हामीले स्वीकार्न त सक्दैनौं ।

सबै अन्डरग्राउन्ड गरिसकेपछि त्यसको लागत मूल्यका कारण सेवा उपयोग पनि महँगो हुन जाने खतरा छ । इन्टरनेट अब मानिसको आधारभूत भइसकेको छ । यसकारण हरेक तह र तप्काबीच सहकार्य हुने र इन्टरनेटलाई बिजनेशभन्दा सेवा दिने हेतुले सबैले बुझ्ने हो भने यावत समस्याहरुको समाधान हुने देखिन्छ । समग्रमा ब्रोडब्यान्ड इन्टरनेटको विकासका लागि ब्रोडब्यान्ड इकोसिस्टम बनाउनु नै आजको आवश्यकता हो ।