कीवर्डहरू -

आज ‘डिजिटल लर्निङ डे’, नेपालमा पनि मनाइदै

विश्व डिजिटलमा रपान्तरण भइरहेको समयमा शिक्षा पनि डिजिटल्ली हुदै गइरहेको छ । प्रविधिको विकाससँगै नेपालमा पनि डिजिटलाइज शिक्षाको प्रयोग बढिरहेको छ ।

आज ‘डिजिटल लर्निङ डे’, नेपालमा पनि मनाइदै

विश्व डिजिटलमा रपान्तरण भइरहेको समयमा शिक्षा पनि डिजिटल्ली हुदै गइरहेको छ । प्रविधिको विकाससँगै नेपालमा पनि डिजिटलाइज शिक्षाको प्रयोग बढिरहेको छ ।

हरेक वर्ष विश्वभर फेब्रुअरीमा डिजिटल लर्निङ डे मनाइन्छ । नेपालमा पनि गएको वर्ष देखि निमा एकेडेमीले डिजिटल लर्निङ डे मनाउन थालेको छ ।

यो वर्ष पनि निमा एकेडेमीले फेब्रुअरी २८ अर्थात आज विविध कार्यक्रम गरी डिजिटल लर्निङ डे मनाउन लागिरहेको छ । निमा एकेडेमीले आयोजना गरेको कार्यक्रम बिहान साढे १० बजे देखि होटेल रोयल सिंघमा सुरु भएको छ ।

डिजिटल लर्निङ डे को अवसरमा परम्परागत लर्निङ र डिजिटल लर्निङको विषयमा नाटक समेत प्रस्तुत गरिने छ ।

साँझ ५ बजे सम्म हुने कार्यक्रममा डिजिटल लर्निङको महत्व कतिको छ भन्ने विषयमा प्यानल डिस्कस्न समेत हुनेछ । डिजिटल लर्निङ डेको अवसरमा निमा एकेडेमीले एप पनि सार्वजनिक गर्न लागेको छ ।