पूर्व सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले आफूमाथि झुठ्ठा लान्छाना लगाएको र गालि बेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हालेका छन् ।
सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए ।
उक्त अडियोमा बोल्ने विजय प्रकाश शर्मालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा आफ्ना प्रतिनिधि मार्फत् बाँस्कोटाले मुद्दा हालेका हुन् ।