कीवर्डहरू -

सामसुङ ग्यालेक्सी ट्याब ए ७.० (२०१८) अब नेपाली बजारमा

सामसुङ ग्यालेक्सी ट्याब ए  ७.० (२०१८) अब नेपाली बजारमा

नेपालको सबैभन्दा ठुलो तथा विश्वासिलो ईलेक्ट्रोनिक्स ब्राण्ड सामसुङले नेपाली बजारमा फेरी अर्को नयाँ मोडलको सामसुङ ग्यालेक्सी ट्याब ए ७.० सार्वजनिक गरेको छ । सामसुङको यो नयाँ ट्याब मनोरन्जनका लागि उत्कृष्ट बन्ने कम्पनिले दावी गरेको छ ।

सामसुङ ग्यालेक्सी ट्याब ए ७.० मा ८०० x १२८० पिक्सेल रेजोलुसन सहितको  ७ इन्चको टचस्क्रिन एचडी  डिस्प्ले रहेको छ। आकर्षक स्लिम डिजाइन,राउण्ड एज तथा नन् स्लिप प्याटर्न्ले गर्दा यसलाई प्रयोग गर्न सहज छ । जस्तोसुकै अवस्थामा पनि यसलाई एकै हातमा लिन सकिन्छ ।

सामसुङको यो नयाँ ट्याबमा १.५ जीएचजेडको क्वाडकोर प्रोसेसर तथा १.५ जीबी र्याम रहेको छ। यसमा  ८ जीबीको इन्टरनल स्टोरेज  छ  । त्यस्तै एसडी कार्डद्वारा २०० जीबी सम्म स्टोरेज बढाउन सकिन्छ । यसकारण सबै खालका फोटो तथा भिडियोहरु यसमा स्टोर गर्न सकिन्छ । त्यस्तै यसमा क्यामेराको कुरा गर्दा ५ मेगापिकेस्लको रियर र २ मेगापिकेस्लको सेल्फी क्यामेरा रहेको छ ।

यसमा भएको एचडी डिस्प्लेका कारण यसमा उत्कृष्ट दृश्यको अनुभब लिन सकिन्छ। साथै यसमा भिडियो प्ले ब्याक  ९ घण्टा सम्म निरन्तर चलाउन सकिन्छ यसका लागि ४००० एमएएचको ठुलो ब्याट्री राखिएको छ । यो डीभाइस क्वालिटी इन्टरटेनमेन्ट एक्सपीरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट विकल्प बन्न सक्छ ।

सामसुङ ग्यालेक्सी ट्याब ए ७.० मा किडस् मुड पनि रहेको छ । जसमा बच्चाहरुले बिभिन्न पढाइका कुराहरु पढ्न सक्छन् । यो बिशेष बच्चाहरुको मनोरंजनका लागि तयार गरिएको हो ।  ग्यालेक्सी ट्याब ए ७.० देशभरका सम्पूर्ण सामसुङ ब्राण्डका स्टोरहरुमा आजै बाट उपलब्ध रहेका छन् । भने यसको मूल्य रु १५ हजार ९ सय तोकिएको छ ।