कीवर्डहरू -

सामसुङका दुई नयाँ फोन नेपालमा सार्वजनिक

सामसुङ नेपालले सामसुङ ग्यालेक्सी एस २० र एस २० प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सामसुङका दुई नयाँ फोन नेपालमा सार्वजनिक

सामसुङ नेपालले सामसुङ ग्यालेक्सी एस २० र एस २० प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । यी फोनमा फोटो उत्कृष्ट फोटो खिच्नको लागि ६४ मेगापिक्सेल क्यामेरा र सेन्सर राखिएको छ ।

यि दुबै फोनमा ३० एक्स सम्म जुम गर्न मिल्ने सुविधा रहेको छ । यी स्मार्टफोनबाट ८ के सम्मको भिडियो खिच्न सकिने छ ।

सामसुङ ग्यालेक्सी एस २० र एस २० प्लस फागुन ३० गते देखि ग्राहकले बजारमा किन्न पाउने छन् ।

नेपाली बजारमा सामसुङ ग्यालेक्सी एस २० को मूल्य १ लाख ७ हजार ४ सय ९९ रुपैयाँ रहेको छ । भने सामसुङ ग्यालेक्सी एस २० प्लसको मूल्य १ लाख १९ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।