नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष महावीर पुन नियुक्त हुनुभएको छ । नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
सोमबार आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष पुनले हस्ताक्षर गर्नुभयो ।
सोमबार आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष डा पुनले हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षरपछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाई दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । उहाँले नेपाल बैंकको सहकार्यमा युवा उद्यमीहरुसँग हातेमालो गर्दै देशको समृद्धिका लागि योगदान दिन तयार रहेको बताउनुभयो ।
सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताउनुभयो । उहाँले देशको समृद्धिका लागि अगाडी बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी इन्नोभेसन सेन्टरलाइ अघि बढाउँन अन्य सस्थाहरुसँग पनि ब्राण्ड एम्बेस्डरको रुपमा प्रस्तुत हुन सकिने पुनले आफ्नो फेसबुक स्टाटस मार्फत जानकारी दिनुभएको छ । पहिले चरणमा बैंकले पुनलाई ब्राण्ड एम्बेस्डर भए बापत १० लाख सहयोग गरेको छ ।
उहाँले एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मानहरु पाउनु भएको छ । पुनले गत बर्ष 'आइसिटी पायोनियर अवार्ड २०१९' समेत प्राप्त गर्नुभएको थियो ।
जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छ । वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रबाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व महावीर पुन म्याग्दी जिल्लाको नांगी गाउँमा जन्मिनु भएको हो ।
उहाँले एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मानहरु पाउनु भएको छ । पुनले गत बर्ष '
आइसिटी पायोनियर अवार्ड २०१९'
समेत प्राप्त गर्नुभएको थियो । बि.सं.१९९४ कार्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रुपमा नेपालमा बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ ।