नेपाल दूरसञ्चार प्राधिकरणले फागुन २० गते आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । उक्त वार्षिकोत्सवको अवसरमा दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापित वर्षकै उत्कृष्ट कर्मचारी घोषित भएका हुन् ।
उनलाई प्राधिकरणले प्रशंसापत्र र नगदसहित सम्मान गरेको छ । फ्रिक्वेन्सी अक्सनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
उनलाई अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले पुरस्कार प्रदाण गरेका हुन् । विगत २१ वर्षदेखि स्थापित दूरसञ्चार प्राधिकरणमा कार्यरत छन् ।
त्यस्तै सोही वार्षिकोत्सवमा सञ्चार मन्त्री युवराज खतिवडाले नेपाल दूरसञ्चार प्राधिकरणको स्पीड टेष्ट सेवा र कल एपको पनि शुभारम्भ गरेका छन् ।
एनटीए कल एपबाट भ्वाइसको गुणस्तर थाहा पाउन सकिने छ भने स्पीड टेष्टबाट इन्टरनेटको स्पीड तथा गुणस्तर थाहा पाउन सकिने छ ।