कीवर्डहरू -

होलीमा मोबाइल बैंकिङ प्रयोग गरी कारोबार गर्दा पाँच हजारसम्म नगद फिर्ता

होलीमा मोबाइल बैंकिङ प्रयोग गरी कारोबार गर्दा पाँच हजारसम्म नगद फिर्ता

एन आई सी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष योजना ल्याएको छ ।

यस योजना अन्तर्गत मोबाइल बैंकिङ् प्रयोग गरी २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकहरूले १०० प्रतिशत वा अधिकतम पाँचहजार सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकहरूले पर्याप्त फाइदा उठाउदै आएका छन् ।