कीवर्डहरू -

जापानी भाषा परीक्षा जेएलपीटीको शूल्क खल्तीबाटै तिर्न सकिने

आगामी ५ जुलाईमा संचालन हुन लागेको जापानी भाषाको परीक्षा जेएलपीटीको आवेदन फर्म आज मार्च ५ देखि खुलेको छ ।

जापानी भाषा परीक्षा जेएलपीटीको शूल्क खल्तीबाटै तिर्न सकिने

आगामी ५ जुलाईमा संचालन हुन लागेको जापानी भाषाको परीक्षा जेएलपीटीको आवेदन फर्म आज मार्च ५ देखि खुलेको छ ।

उक्त परीक्षाको शुल्क अब खल्ती मोबाइल वालेट प्रयोग गरी अनलाइन बाटै तिर्न सकिने भएको छ । खल्तीले जापान अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुलाई भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपाल (जाल्टान) सँग सहकार्य गरी परीक्षाको शुल्क अनलाइन बाटै तिर्न मिल्ने सुविधा ल्याएको हो ।

लेभल एनवान देखि एनफाइभ सम्मका फर्म मध्ये आफूलाई अनुकुल कुनै एक फर्म भर्न सकिनेछ । परीक्षा शुल्क  तीन हजार रुपैयाँ लाग्ने छ ।

जापान नेपालीहरुको रोजाइमा रहेको एक आकर्षक शैक्षिक गन्तव्य हो । हरेक वर्ष उच्च शिक्षाका धेरै विद्यार्थी जापान प्रस्थान गर्ने गर्छन् ।

उच्च शिक्षाका लागि जापान जाने सबै विद्यार्थीले जापानी भाषा परीक्षामा सामेल भई उत्तीर्ण हुनु अनिवार्य हुन्छ । विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जाल्टानको कार्यालय भृकुटीमण्डप पुगेर घन्टौँ लाइन बसी शुल्क तिर्ने पर्थ्यो ।

यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाइन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो । अब परीक्षार्थीले अनलाइन फर्म भरीसकेपछी शुल्क भुक्तानी गर्ने ठाउँ देख्नेछन् जहाँ आफ्नो खल्ती आइडी राखेर गरी केहि समयमै शुल्क भुक्तानी गर्न सकिनेछ । खल्तीका निर्देशक अमित अग्रवालले भने,

“हामी जापानिज भाषा शिक्षक संगठन नेपाल जाल्टानसँग सहकार्य गरी सबै जापानी भाषा परीक्षार्थीलाई खल्तीको सजिलो अनलाइन भुक्तानी सेवा प्रदान गर्न पाउँदा खुशी छौँ ।

अब परीक्षार्थीहरुले फर्म भरीसकेपछि आफ्नो खल्ती आईडी राखेर सजिलै परीक्षा शुल्क तिर्न सक्नुहुन्छ । साथै, खल्ती प्रयोग नगर्ने व्यक्तिहरुले आफ्नो नजिकैको खल्ती पसलबाट उक्त शुल्क तिर्न सक्नु हुन्छ ।”

जापानी भाषाको परीक्षा जेएलपीटीको आवेदन फर्म jlpt.org.np मार्फत भर्न सकिनेछ । साथै फर्म भर्ने तरिका, ख्याल गर्नुपर्ने विवरणहरु र शुल्क तिर्ने सम्पूर्ण तरिकाहरु उक्त वेबसाइटमै प्राप्त गर्न सकिनेछ ।