कीवर्डहरू -

कुमारी बैंकको परिवार सुरक्षा बचत खातामार्फत बीमा दाबी भुक्तानी

कुमारी बैंकको परिवार सुरक्षा बचत खातामार्फत बीमा दाबी भुक्तानी

कुमारी बैंकको परिवार सुरक्षा बचत खातामार्फत बीमा दाबी भुक्तानी गर्न सकिने भएको छ ।

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरी स्वास्थ्य उपचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गदै आएकोमा विभिन्न ग्राहकहरुले बीमा दाबी भुक्तानी पाउने क्रम बढ्दो छ ।

अहिलेसम्म ६१ बीमा दाबी भुक्तानीहरु ग्राहकले प्राप्त गरिसकेका छन् । हालसम्म परिवार सुरक्षा बचत खाता मार्फत बीमीत ग्राहकहरुले रु १,३५५,१८३ बराबरको दाबी रकम प्राप्त गरिसकेका छन् ।

यी मध्ये धेरैजसो औषधि उपचार बीमा दाबीहरू रहेको बैंकले बताएको छ । उक्त बीमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेको कम्पनीले जनाएको छ ।