कीवर्डहरू -

अब रगत चाहिएमा \'रगतदान डट कम\'

अब रगत चाहिएमा \'रगतदान डट कम\'

मानव जिवनमा आपत पर्दा तुरन्त चाहिने रगत खोज्नको लागि अबदेखि रक्तसंचार केन्द्र तथा अस्पतालको भर पर्ने बाध्यता विस्तारै हट्ने भएको छ । तपाईंको वरिपरी आफूलाई चाहिएको रगत को सँग छ भनेर www.ragatdaan.com बाट सजिलै खोज्न सकिने छ र रगतदातालाई तुरन्त सम्पर्क गरि रगतदान गरेर कसैको जिवन बचाउन अनुरोध गर्न सकिने छ ।

विगत केही वर्षको जापान बसाईको क्रममा गरेको अनुभवलाई सामाजिक कार्यमा सेवा पुर्याउने उद्देश्यले दिपेश पोख्रेलले सेवामुलक कार्यको थालनी गर्नुभएको हो भने इस्टर्न हक सोलुसन्सको प्राविधिक सहयोग यसमा रहेको छ । यस रगतदान डट कम को माध्यमबाट तपाईंको वरिपरी रहेका अस्पताल तथा एम्बुलेन्स खोज्न सकिने छ ।

Become a donor मा गएर आफ्नो विवरण भरिसकेपछी तपाईंलाई रगतदाताको सुचिमा देखाउनेछ । तपाईं स्वयंले पनि रगत चाहिएको अवस्थामा विरामीको फोटो सहित पोस्ट गर्न पनि सक्नुहुनेछ । यसको मोबाइल एप समेत चाँडै आउने र अन्य विशेषताहरु पनि थप गर्ने कुरा रगतदान डट कमका दिपेश पोख्रेलले  जानकारी दिए ।