कीवर्डहरू -

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई सहयोग गर्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई सहयोग गर्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो प्रथम वार्षिकोत्सव नेपाल बाल संगठन (बाल मन्दिर) लाई सहयोग गरी मनाएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले वि.सं.२०७५ साल माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न इजाजतपत्र प्राप्त गरी २०७५ फाल्गुण २२ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको एक वर्ष पुरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई एकलाख ५० हजार रुपैंया सहयोग गरी आफ्नो प्रथम वार्षिक उत्सव मनाएको हो ।

उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचीव गणेश भक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यस बैंकले जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।