कीवर्डहरू -

नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले दिए राजीनामा

नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले दिए राजीनामा


नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई राजिनामा बुझाएका हुन्।


उनी नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजी हुन्। चार वर्षदेखि डिआइजी पद सम्हाल्दै आएका सुब्बाले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको तर्फ गुनासो व्यप्त गरेका थिए । अहिलेसम्म प्राविधिकतर्फ एआइजीको दरबन्दी छैन। 


नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन उनको योगदान महत्वपुर्ण छ । प्रहरीलाई सूचना, संचार तथा प्रबिधि सम्वन्धि तालिमको ब्यबस्थापनसंगै नया प्रविधिको प्रयोग गरि प्रहरी संगठनलाई चुस्त बनाउन उनले खेलेको भुमिका महत्वपूर्ण छ । सुब्बाको राजीनामा भने गृहमन्त्रालयले स्वीकृत गरेको छैन।