कीवर्डहरू -

६ हजार एमएएचको ब्याट्री रहेको ग्यालेक्सी एम ३१

६ हजार एमएएचको ब्याट्री रहेको ग्यालेक्सी एम ३१

सामसुङले ग्यालेक्सी एम ३१ सार्वजनिक गरेको छ । यसमा ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ । फुल एचडी प्लस रिसोलुसन भएको ग्यालेक्सी एम ३१ मा र जीबी र्याम रेहको छ ।

यो मोबाइलमा Exynos 9611 प्रोसेसर प्रयोग गरिएको छ । ६४ र १२८ जीबी स्टोरेज रहेको फोनमा स्टोरेज पनि वृद्धि गर्न सकिन्छ । यसमा ४ वटा रियर क्यामेरा प्रयोग गरिएको छ ।


जसमा ६४ मेगापिक्सेल प्राइमरी सुटर सहित ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, ५ मेगापिकिसेल डेप्थ सुटर र ५ मेगापिक्सेल माइक्रो सुटर रहेको छ ।  त्यसैगरी सेल्फी क्यामेरा ३२ मेगापिक्सेलको रहेको छ । ६ हजार एमएएचको ब्याट्री रहेको ग्यालेक्सी एम ३१ मा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ ।