कीवर्डहरू -

डब्लु आइटीले आयोजना गरेको आइटी कन्फेरेन्स सम्पन्न, महिला सहभागिता र सशक्तिकरणमा जोड

प्रविधिमा महिलाको सहभागिता बढाउन भन्दै आयोजना भएको कन्फेरेन्स हिजो आकामा होटेलमा सम्पन्न भएको हो ।

डब्लु आइटीले आयोजना गरेको  आइटी कन्फेरेन्स सम्पन्न, महिला सहभागिता र सशक्तिकरणमा जोड

प्रविधिमा महिला सहभागिता बढाउन र सशक्तिकरणमा विशेष जोड दिदै वमन इन इन्फर्मेसन टेक्नोलोजीले आयोजना गरेको आइटी कन्फेरेन्स मार्च ७ मा एक कार्यक्रमका बिच समापन भएको छ ।

प्रविधिमा महिलाको सहभागिता बढाउन भन्दै आयोजना भएको कन्फेरेन्स हिजो आकामा होटेलमा सम्पन्न भएको हो ।

कार्यक्रममा अतिथिको रुपमा नेपाल दुरसञ्चार प्राधिकरणबाट उप-निर्देशक रोज किरण, काठमाडौं विश्वविद्यालयबाट रिसर्च निर्देशक डा. प्रतिमा प्रधान,  नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी लगायत अन्य व्यक्तिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको समेत उपस्थिति रहेको थियो । उनले प्रविधिमा महिला सहभागिता बढाउन टेलिकम सकारात्मक रहेको र टेलिकममै धेरै महिलाहरुले राम्रो पोजिसनमा काम गरिरहेको बताएका थिए ।

कार्यक्रममा गर्ल्स सशक्तिकरणको लागि आइसिटी शिक्षाको विषयमा बिट्रिस कलेजकी दिब्या तारा शाक्यले बताएकी थिइन ।

त्यसैगरी कार्यक्रममा आइसिटीमा महिला प्रोफेसनल तथा उद्यमशीलता भन्ने विषयको प्यानल डिस्कस्नमा सेवा पाठक, मिनु प्रधान, रत्न तारा बैद्या र याजु प्रधानको उपस्थिति रहेको थियो ।

त्यस्तै विकासको लागि आइसिटीको रणनीतिक प्रयोग भन्ने विषयको प्यानल डिस्कस्नमा प्रभा राज भण्डारी प्रधान, डा. निरा श्रेष्ठ प्रधान तथा गंगा सुब्बाको उपस्थिति थियो ।

त्यस्तै कार्यक्रममा आइसिटीमा इमर्जिङ लिडरको विषयमा र आइसिटी मार्फत् महिलाको सशक्तिकरण विषयमा पनि सेसनहरु भएका थिए ।

फोटो फिचर

\"\" \"\" \"\" \"\"