कीवर्डहरू -

नेपाल टेलिकमको डाटा सेवा अझै तीब्र

नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड गरेको छ ।

नेपाल टेलिकमको डाटा सेवा अझै तीब्र

नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड गरेको छ ।

कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ (PCRF-Policy and Charging Rules Function) बाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पिसिआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गरेको हो ।

पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरे पश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन् ।

यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् ।

स्तरोन्नतिबाट जीएसएम टुजी, थ्रीजी, फोरजी अन्तर्गतका डाटा सेवा ग्राहकवर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको छ ।