कीवर्डहरू -

फुडमाण्डुमा ह्याकरको हमला, व्यक्तिगत विवरण बाहिरियो

साइबर हमला भएपछि शनिबार रातिनै फुडमाण्डुले आफ्नो वेबसाइटमा रहेको कमजोरी फिक्स गरिसकेको उल्लेख गरेको छ ।

फुडमाण्डुमा ह्याकरको हमला, व्यक्तिगत विवरण बाहिरियो

अनलाइनबाट फुड डेलिभरी सेवा प्रदान गरिरहेको ‘फुडमाण्ड’ को वेबसाइट ह्याक भएको छ । मार्च ७ अर्थात शनिबार राति वेबसाइट ह्याक भएको हो ।

उक्त साइबर हमलाबाट ह्याकरले ग्राहकको नाम, इमेल, ठेगाना तथा फोन नम्बर जस्ता व्यक्तिगत डाटाहरु अनधिकृत पहुँच राखेको फुडमाण्डुले बताएको छ ।

\"\"

साइबर हमला भएपछि शनिबार रातिनै फुडमाण्डुले आफ्नो वेबसाइटमा रहेको कमजोरी फिक्स गरिसकेको उल्लेख गरेको छ ।  यो हमलापछि कम्पनीको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

साइबर हमला भएपछि फुडमाण्डुले नेपाल सरकारको साइबर अपराध डिभिजनसँग पनि सम्पर्क गरिसकेको छ । साइबर हमलाको घटनाबाट व्यवसायमा कुनैपनि असर नपरेको फुडमाण्डुले बताएको  छ ।