कीवर्डहरू -

सिफ्यानको आन्दोलनले प्राक्टिकल परीक्षा हुन सकेन

विद्यार्थीले कम्प्युटर बिज्ञान बिषय रोज्न नपाउने अवस्था सिर्जना गरिएको भन्दै आन्दोलनरत कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले कक्षा १२ को प्रयोगात्मक परीक्षामा बाह्य परीक्षकको रुपमा नगएर असहयोग गर्ने कार्यक्रम जारि राखेको छ

सिफ्यानको आन्दोलनले प्राक्टिकल परीक्षा हुन सकेन

नेपाल सरकारले शैक्षिक सत्र २०७७ देखि लागु गर्न लागेको नया पाठ्य संरचनामा कक्षा ११ १२ मा ऐच्छिक बिषयको रुपमा समेत विद्यार्थीले कम्प्युटर बिज्ञान बिषय रोज्न नपाउने अवस्था सिर्जना गरिएको भन्दै आन्दोलनरत कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले कक्षा १२ को प्रयोगात्मक परीक्षामा बाह्य परीक्षकको रुपमा नगएर असहयोग गर्ने कार्यक्रम जारि राखेकोछ।

विद्यार्थीले कम्प्युटर बिज्ञान बिषय रोज्न नपाउने अवस्था सिर्जना गरिएको भन्दै आन्दोलनरत कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले कक्षा १२ को प्रयोगात्मक परीक्षामा बाह्य परीक्षकको रुपमा नगएर असहयोग गर्ने कार्यक्रम जारि राखेकोछ।

यसै सन्दर्भमा बिद्यार्थी संख्याको हिसाबले  देशकै ठूलो मध्येको एक ट्रिनिटी इण्टरनेशनल कलेज, काठमाण्डूमा आज हुने भनिएको कक्षा १२ को कम्प्युटर बिज्ञान  बिषयको प्रयोगात्मक परीक्षा सिफ्यानको अबरोधका कारण हुन सकेन।

सिफ्यानको आन्दोलनका कारण कोहि पनि कम्प्युटर बिज्ञान शिक्षक बाह्य परीक्षकको रुपमा परीक्षा संचालन गर्न जान नमाने पछि ट्रिनिटी इण्टरनेशनल कलेजमा आज हुने भनिएको परीक्षा स्थगित भएको सिफ्यानका  केन्द्रिय उपाध्यक्ष  सत्यराम सुवालले बताउनु भयो।

अरु कलेजहरुमा पनि प्रयोगात्मक परीक्षा भैरहेको छैन त भन्ने हाम्रो प्रश्नमा उपाध्यक्ष सुवालले भन्नुभयो "हो, कम्प्युटर बिज्ञान बिषयको प्रयोगात्मक परीक्षा अरु कलेजहरुमा पनि भएको छैन। हाम्रो माग सम्बोधन नभए सम्म यो आन्दोलन जारी रहन्छ।"