कीवर्डहरू -

रियलमी एक्स ५० प्रो फाइभ जी

रियलमी एक्स ५० प्रो फाइभ जी

रियलमी एक्स ५० प्रो फाइभ जी मोबाइल सार्वजनिक भएको छ । ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको यस फोनमा फुल एचडी प्लस रिसोलुसन रहेको छ । यस फोनमा क्वालकमको स्न्याड्रयाग्न ८६५ सेभेन एनएम मोबाइल प्लाटफर्म प्रयोग गरिएको छ ।

यसले फाइभ जी सपोर्ट गर्नेछ । ६, ८ र १२ जीबी र्याममा उपलब्ध रहेको रियलमी एक्स ५० प्रो फाइभ जीमा १२८ र  २५६ जीबी स्टोरेज रहेको छ । यसमा ६४ मेगापिक्सेल प्राइमरी सुटर क्यामेरा सहित चारवटा क्यामेरा रहेको छ । रियलमीको यस फोनमा ३२ मेगापिक्सेल सेल्फी क्यामेरा सहित दुईवटा क्यामेरा रहेको छ ।

यस फोनमा डिस्प्लेमै फिंगरप्रिन्टको सुविधा रहेको छ । यो मोबाइल ६५ वाट सुपरडार्ट चार्जिङको साथै ४२०० एमएएच ब्याट्रीको साथमा उपलब्ध रहेको छ । भारतीय बजारमा यो फोन उपलब्घ भइसकेको छ ।