कीवर्डहरू -

यातायात व्यवस्था विभागले फेरी रोक्यो टुटल र पठाओलाई

यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ

यातायात व्यवस्था विभागले फेरी रोक्यो टुटल र पठाओलाई

सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न पुन चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।


ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै मंगलवार विभाग घेराउ गरेका थिए । ट्याक्सी सञ्चालकहरुको दबावमा विभागले मंगलबार राती नै सूचना जारी गरेको हो ।

लामो समयदेखि विवादमा आइरहेको यो विषयलाई सरकारले अहिलेसम्म स्पष्ट कानुनी व्यवस्था गरि सञ्चालन गर्न सकेको छैन । सुरुमा कर नतिरेको आरोप लगाउदै टुटललाई कारवाही गरिएको थियो । अहिले यस्तै राइड सेयरिङ प्लाटफर्म विकास गरि काम सुरु गरेका कम्पनी आधा दर्जन बढि पुगिसकेका छन ।

२०७५ माघमा विभागले यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए ।  केहि समय साम्य भएको विषय गत मसिंरमा फेरी उठ्यो । विभागले मंसिरको ४ गते सूचना निकालेर टुटल र पठाओमा नमा उल्लेख नगरी सेवा बन्द गर्न भनेको थियो । त्यसपछि ट्राफिक प्रहरीले सडकमा टुटल तथा पठाओका चालकलाई कारवाही थालेको थियो । विवाद चर्किएपछि यातायात मन्त्री बसन्त नेम्वाङले टुटल पठाओलाई नरोक्न निर्देशन दिएका थिए ।


त्यसपछि निवार्द चलिरहेका टुटल, पठाओको विरुद्धमा ट्याक्सी व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन । पछिल्लो सूचना पनि ट्याक्सी व्यवसायीहरुको दवावमा आएको जानकारहरु बताउछन । लामो समयदेखि विवादमा आइरहेको यो विषयलाई सरकारले अहिलेसम्म स्पष्ट कानुनी व्यवस्था गरि सञ्चालन गर्न सकेको छैन । सुरुमा कर नतिरेको आरोप लगाउदै टुटललाई कारवाही गरिएको थियो । अहिले यस्तै राइड सेयरिङ प्लाटफर्म विकास गरि काम सुरु गरेका कम्पनी आधा दर्जन बढि पुगिसकेका छन ।

\"\"