कीवर्डहरू -

यसरी प्रयोग गर्नुहोस् मोबाइलबाटै टेलिभिजन हेर्न सकिने डिसहोमको एप

डिसहोमले मोबाइलबाटै टेलिभिजन हेर्न सकिने मोबाइल एप ल्याएको छ , जसको नाम \'डिसहोम गो\' रहेको छ । 

यसरी प्रयोग गर्नुहोस् मोबाइलबाटै टेलिभिजन हेर्न  सकिने डिसहोमको एप

डिसहोमले मोबाइलबाटै टेलिभिजन हेर्न सकिने मोबाइल एप ल्याएको छ । जसको नाम डिसहोम गो रहेको छ ।

आफ्नो डिटीएच सेवा प्रयोग गरिरहेका ग्राहकले इन्टरनेटबाट ओटीटी (ओभर दी टप) प्रविधि मार्फत मोबाइलमै टीभी हर्न सकिने डिसहोमले जनाएको छ ।

जसको लागि डिसहोम गो लाइभ ओटीटी मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । इन्टरनेटको कनेक्सन भएको समयमा यो एपबाट २० वटा च्यानल हेर्न सकिन्छ ।

सेटअप बक्समा उपलब्ध च्यानलहरु ओटीटी मार्फत मोबाइलमै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसरी मोबाइमै हेर्नुहोस टिभि

सुरुमा प्ले स्टोर वा एप स्टोरबाट डिसहोमको मोबाइल एप डाउनलोड गर्नुहोस । त्यसपछि डिटीएच कनेक्सनमा डिसहोमले दिएको कस्टमर आइडी राखेर रजिष्टर गर्नुहोस ।

\"\" यदि तपाईंले पहिलेनै डिसहोमको एप डाउनलोड गर्नुभएको छ ओटीटी फिचर भएको डिसहोमको एपलाई अपडेट गर्नुहोस ।

कस्टमर आइडी राखेर एप लगइन गरिसकेपछि तपाई ओटीटी भन्ने अप्सनमा जानुहोस । ओटीटी अप्सनमा गएपछि त्यहाँ नयाँ रजिष्ट्रेसन, रिन्यू सब्सकृप्सन, पासवर्ड रिसेटको अप्सन देखिनेछ ।

\"\" त्यसपछि तपाईले युजर नेम र पासवर्ड पाउनु हुनेछ । जुन युजर नेम र पासवर्ड डिसहोम गो एपमा टेलिभिजन हेर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ ।