प्रभु बैंकले धनुषाको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
फागुन ३० गतेबाट धनुषास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेंलले गरेका हुन् ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुनेछ ।