अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा सेवा नेपालले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा उपभोक्ताको गुनासो सरकारले सुनुवाई गर्न नसकेको धारणा व्यक्त भएको छ । हरेक क्षेत्रमा पभोक्ताहरु ठगिनु परेको तर त्यसको सुनाइ गर्ने प्रभावकारी माध्यम नहुनु र गुनासो गरेपनि कारवाही नहुनुले समस्या थप जटिल बन्दै गएको सरोकारवालाहरुले बताएका छन ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेश शाहले अहिले विशेषगरी पभोक्ताहरु नै सचेत हुनुपर्ने बताए । उनले कार्यक्रममा सम्वोधन गर्दै अहिले प्रविधिले गर्दा विश्वमा नै समाजको स्वरुप परिवर्तन गरिरहेको र त्यहि अनुरुप उपभोत्ताहरु सचेत हुदै जानुपर्ने बताए
कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेश शाहले अहिले विशेषगरी पभोक्ताहरु नै सचेत हुनुपर्ने बताए । उनले कार्यक्रममा सम्वोधन गर्दै अहिले प्रविधिले गर्दा विश्वमा नै समाजको स्वरुप परिवर्तन गरिरहेको र त्यहि अनुरुप उपभोत्ताहरु सचेत हुदै जानुपर्ने बताए । सरकार र सम्वन्धित निकायहरु प्रविधिको स्वरुप अनुसार परिवर्तन हुन नसकेको र डिजिटल कन्जुमर अधिकारका कुराहरु जागृत हुन थालेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक यज्ञ अधिकारीले नेपालमा कानुनको कमै मात्र कार्यानवयन भएको बताए । सरकारले कानुन बनाउछ तर त्यसको कार्यान्वयनमा ध्यान दिदैन, यसकारण पभोक्ताहरु ठगिन वाध्य भएको यथार्थ प्रस्तुत गरे । अहिले सघियताको कारण कतिपय अधिकार र अनुगमनमा पनि समस्या भइरहेको उनले बताए । प्रडक्ट तथा सर्भिसको क्वालिटी र सुरक्षाको बारेमा उपभोत्ताहरु अझ सचेत हुनपर्ने उनको भनाई थियो ।
सारथी(अनलाइन ट्याक्सी) सेवा सञ्चालक प्रकाश न्यौपानेले अहिले नयाँ प्रविधिहरुले विश्वमा नै उपभोत्ताको अधिकार संकटमा परिरहेको बताए । एआई, बिग डेटाहरुको प्रयोगबाट पभोक्ताको व्यत्तिगत जानकारी र सुरक्षा नै आफुसँग कन्ट्रोलमा नरहेको बताउदै सरकारले चाडै उपयुक्त कदमहरु चाल्नुपर्ने बताए ।
विगत २७ वर्षदेखि उपभोत्ता अधिकारको विषयमा काम गरिरहेको सेवा नेपालका अध्यक्ष कल्याणी शाहले बालवालिकादेखि नै पभोक्ता अधिकारको बारेमा सिकाउनुपर्ने बताइन । उनले सेवा नेपालले अहिले डिजिटल पभोक्ता अधिकारको विषयहरुमा विशेष चासोसाथ काम गरिरहेको र सवल राष्ट्र तथा समाज बनाउन पभोक्ता सबै जागरुक हुनुपर्ने बताइन ।
मार्च १५ का दिन विश्वभर उपभोत्ता अधिकार दिवसको रुपमा मनाउदै आइएको छ । यस वर्ष विश्व उपभोत्ता अधिकार दिवसको नारा ' सस्टेनेवल कन्जुमर ' रहेको छ । यसैगरी नेपालमा “ उपादनमा गुणतरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता “ को नारासहित उपभोक्ता दिवस मनाइदै छ ।
कोरोना भाइरसको कारण सरकार र अन्य सस्थाहरुले विशेष कार्यक्रमहरु भने आयोजना गरेका छैनन । सेवा नेपालले यस वर्ष भब्य कार्यक्रम गर्ने योजना बनाएपनि कारोना भाइरसको असरले सामान्य अन्तकृयामा सम्पन्न गरिएको सस्थाले जानकारी दिएको छ ।