कीवर्डहरू -

एआई ट्रीपल क्यामेरा भएको हुवावे सेभेन पी नेपालमा

४८ मेगिक्सेल मेन क्यामेरा सहित एआई ट्रिपल क्यामेरा  

एआई ट्रीपल क्यामेरा भएको हुवावे सेभेन पी नेपालमा

हुवावे कन्जुमर विजनेस ग्रुपले हुवावे वाई सिरिज अन्तर्गतको नयाँ फोन हुवावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

४८ मेगिक्सेल मेन क्यामेरा सहित एआई ट्रिपल क्यामेरा  हुवावे वाई सेभेन पीमा उपलब्ध रहेको छ । ४ जीबी र्याम र ६४ जीबी स्टोरेज क्षमता रहेको यस फोनको मूल्य २३ हजार ९ सय ९९ रहेको छ ।

यसमा फोटो र भिडियो खिच्दा १२० डिग्री भ्यूको कोणमा खिच्न सकिन्छ । हुवावे वाई सेभेन पीमा ४८० एफपीएसको साथमा स्लो मोड भिडियो क्याप्चर गर्न सकिन्छ । ८ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको यस फोनमा ४००० एमएएचको ब्याट्री क्षमता रहेको छ ।

यसमा किरिण ७१० एफ प्रोसेसर प्रयोग गरिएको छ । ६।९ इन्चको डिस्प्ले भएको हुवावे वाई सेभेन पीमा नाइट मोड परिष्कृत भएर आएको छ ।