कीवर्डहरू -

एक फरक धारको रियालिटी शो – सुनौलो तारा

एक फरक धारको रियालिटी शो – सुनौलो तारा

नेपालमै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको छ ।

नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा बढी बालबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको हो ।

डिशहोमको च्यानल नम्बर १०२ रियालिटी टिभीमा चैत १ गते शनिबार देखी प्रशारण शुरु भएको यो कार्यक्रम हरेक हप्ता शुक्रबार र शनिबार राती साढेआठ बजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ  होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ ।

यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीहरु लाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ ।  साथै अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने छन् ।