कीवर्डहरू -

तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै

तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता

तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै

तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ ।

बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकको तर्फबाट कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र एसबी सोलुसनको तर्फबाट अध्यक्ष बिपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लोन अटोमेसन सिस्टमको माध्यमबाट बैंकले आन्तरिक लोन प्रक्रियालाई सरल तथा सुलभ तरिकाले अटोमेनसन तथा डिजिटल गर्ने भएको छ ।

लोन अटोमेसन सिस्टमले बैंकको पेपरमा आधारित सबै लोन९ऋण० वर्कफ्लोलाई परिर्माजित गरी, लोनका क्लाइन्टहरु मोनिटर गर्न, रिस्क एसेसमेन्ट गर्न, क्रेडिट डकुमेन्टेसन तथा लोन एप्रुभ गर्नको लागि सहज हुने अपेक्षा लिइएको छ ।

एसबी सोलुसनको लोन अटोमेसन सिस्टम अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सफ्टवेयर हो । यसले ऋण व्यवस्थापन प्रणालीलाई ५० प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गरेको छ ।