कीवर्डहरू -

माइक्रोसफ्टले सार्वजनिक गर्यो बिङ कोभिड ट्रयाकर ड्यासबोर्ड

यसबाट कुन देशमा कोरोना भाइरसका कारण कति मरे, कति निको भए र सक्रिय केस कति छन् भनेर पनि जानकारी लिन सकिने छ ।

माइक्रोसफ्टले सार्वजनिक गर्यो बिङ कोभिड ट्रयाकर ड्यासबोर्ड

कोराना भाइरसको प्रकोप विश्वभर भइरहेको बेला माइक्रोसफ्टले बिङ कोभिड ट्रयाकर ड्यासबोर्ड सार्वजनिक गरेको छ ।

जसबाट विश्वभर कोरोना भाइरसका सक्रिय केस कति छन्, कति निको भए र कतिको मृत्यु भयो यसको बारेमा जानकारी पाउन सकिने छ ।

यसबाट कुन देशमा कोरोना भाइरसका कारण कति मरे, कति निको भए र सक्रिय केस कति छन् भनेर पनि जानकारी लिन सकिने छ ।

ड्यासबोर्डमा राखिएका डाटाहरु विश्वासिलो श्रोतहरु जस्तै विश्व स्वास्थ्य संगठन, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र र यूरोपीएन रोग नियन्त्रण तथा रोकथाम केन्द्रबाट मात्रै ल्याइएको  माइक्रोसफ्टले बताएको छ ।

माइक्रोसफ्टले सार्वजनिक गरेको बिङ कोभिड ट्रयाकर ड्यासबोर्डमा जानको लागि यहाँ क्लिक गर्नुहोस ।