कीवर्डहरू -

अब ई-सेवाबाटै पेट्रोल पम्पको भुक्तानी गर्न सकिने

ई-सेवाले एकैसाथ सय भन्दा बढी पेट्रोल पम्पबाट यो सेवाको सुरुवात गरेको जानकारी दिएको छ ।

अब ई-सेवाबाटै पेट्रोल पम्पको भुक्तानी गर्न सकिने

नेपालको पहिलो पेमेन्ट गेटवे ई-सेवाबाटै पेट्रोल पम्पको भुक्तानी गर्न सकिने भएको छ ।  यो सुविधा सँगै अब ई-सेवाबाट क्युआर कोड स्क्यान गरेर डिजेल र पेट्रोलको पैसा तिर्न सकिन्छ ।

ई-सेवाले एकैसाथ सय भन्दा बढी पेट्रोल पम्पबाट यो सेवाको सुरुवात गरेको जानकारी दिएको छ । ई-सेवाबाट भुक्तानी गर्न सकिने पेट्रोल पम्पहरुको सूचि यहाँ बाट हेर्न सकिन्छ ।

ई-सेवाट रेमिट्यान्सको सुविधा लिन , रिचार्ज गर्न, बिजुलिको बिल तिर्न, खानेपानिको बिल तिर्न, स्कुल कलेजको बिल तिर्न, प्लेन टिकट लिन, बसको टिकट काट्न, इन्टरनेटको बिल तिर्न,टिभिको बिल तिर्न, मुभिको टिकटको काट्न, इन्स्योरेन्सको सुविधा लिन लगायतका अन्य विभिन्न काम गर्न सकिन्छ ।