कीवर्डहरू -

ज्याक माले अमेरिकालाई दिए ५ लाख कोरोना भाइरस परीक्षण किट

ज्याक माले अमेरिकालाई दिए ५ लाख कोरोना भाइरस परीक्षण किट

अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनि व्यक्ति ज्याक माले १० लाख मास्क र ५ लाख कोरोना भाइरस परीक्षण किट अमेरिका पठाएका छन् ।

सोमबार मात्रै ज्याक माले ट्विटर अकाउन्ट खोलेर १० लाख मास्क र ५ लाख कोरोना भाइरस परीक्षण किट शांघाईबाट अमेरिका पठाएको ट्विटमार्फत् जानकारी दिएका हुन् ।

\"\"

सोमबार मात्रै अर्थात मार्च १६ मा खोलेको ज्याक माको ट्विटर अकाउन्टमा यो समाचार तयार पार्दा सम्म १ लाख ६६ हजार भन्दा बढीले फ्लो गरीसकेका छन् ।

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वका १५२ देशमा फैलिसकेको छ ।

ज्याक माले कोरोना भाइरसको खोपको विकास तथा अनुसन्धानको लागि १० करोड युआन सहयोग गर्ने घोषणा यस अघिनै गरिसकेका छन् ।