कीवर्डहरू -

जीपीएस सिस्टम प्रयोग गरिएको एक्स ल्याब डीडब्लु ०२८ स्मार्टवाच

यो स्मार्टवाच वाटरप्रुफ रहेको छ ।

जीपीएस सिस्टम प्रयोग गरिएको एक्स ल्याब डीडब्लु ०२८ स्मार्टवाच

एक्स ल्याब डिडब्लु ०२८ स्मार्ट वाच जीपीएस सिस्टम प्रयोग गरी बनाइएको एउटा स्मार्टवाच हो । यो स्मार्टवाच वाटरप्रुफ रहेको छ ।

यसमा मुटुको धड्कन मापन गर्न सकिने, कलिङ सपोर्ट, स्लिपिङ मोड जस्ता सुविधा रहेका छन् । यसबाट ६ प्रकारका स्पोर्ट ट्रयाकिङ पनि गर्न सकिन्छ ।

ट्राएल रन, वाकिङ, इन्डोर रन, रनिङ, बाइकिङ, हाइकिङ गर्दा यो वाचलाई प्रयोग गर्न सकिन्छ । यो स्मार्टवाचमा एनड्रोइड र आइओएस अपरेटिङ सिस्टममा उपलब्ध रहेको स्ट्रभा एप प्रयोग गरिएको छ ।

हिटफिटको मद्दतबाट स्पोर्ट डेटा स्ट्रभा एपमा सेयर गर्न सकिन्छ । स्ट्रभामा डाटा सेयर गरिसकेपछि सजिलै टाइटल र डिस्क्रिप्सन सम्पादन गर्न सकिन्छ ।