कीवर्डहरू -

सूचना प्रविधि पढेका व्यक्ति पनि बैंकको सीइओ हुन पाउने

बैंक तथा वित्तिय क्षेत्रमा प्रविधिको चुनौती बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

सूचना प्रविधि पढेका व्यक्ति पनि बैंकको सीइओ हुन पाउने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा सीइओहरुको योग्यता थप गरेको छ ।

यो सँगै अब सूचना प्रविधि र कम्प्युटर विज्ञानमा स्नातकोत्तर अध्ययन पुरा गरेका व्यक्ति पनि सञ्चालक तथा सिईओ बन्न पाउने भएका छन् ।

बैंक तथा वित्तिय क्षेत्रमा प्रविधिको चुनौती बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

यो भन्दा अगाडी राष्ट्र बैंकले व्यवस्थापन, बैंकिङ, अर्थशास्त्र, वित्तिय, मौद्रिक, लेखाशास्त्र, वाणिज्यशास्त्र,गणितशास्त्र, तथ्यांकशास्त्र, जनप्रशासन, व्यापार प्रशासन, एकाउन्टेन्सी र कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने योग्योता तोकेको थियो ।