कीवर्डहरू -

कोरोनाको शंका लागे भिडियो कल मार्फत परामर्श लिन सकिने, सुरु गर्यो हाम्रो पात्रोले \'एनसेल कल टु डाक्टर सेवा\'

एनसेल कल टु डाक्टर सेवा सुरु

कोरोनाको शंका लागे भिडियो कल मार्फत परामर्श लिन सकिने, सुरु गर्यो हाम्रो पात्रोले \'एनसेल कल टु डाक्टर सेवा\'

नेपालमा सबैभन्दा धेरै डाउनलोड भएको ‘हाम्रो पात्रो’ एप्लिकेशनले भिडियोमार्फत् डाक्टरसँग परामर्श लिन ‘एनसेल कल टु डाक्टर’ सेवा शुरुवात गरेको छ। नेपाल चिकित्सक संघ र एनसेलसँगको सहकार्यमा घरमै बसी कोरोना भाइरस (कोभिड १९) सम्बन्धी स्वास्थ्य सल्लाह तथा सुझाव दिन यो सेवा शुरु गरेको हो।


कोरोना भाइरसको लक्षणसँग मिल्दो समस्या देखिएका वा सङ्का लागेको खण्डमा हाम्रो पात्रोमा गइ यो सेवा लिन सक्छ। आफ्नो समय अनुसार अनलाइन रहेका डाक्टरहरुलाई भिडियो कल गर्न ‘डाक्टरलाई कल गर्नुहोस्’ सुविधा रहेको छ।

आम मानिसले राखेको जिज्ञासा र समस्या अनुरुप नेपाल चिकित्सक संघमार्फत जुटेका डाक्टरहरुले आवश्यक सल्लाह तथा सुझाव दिनेछन्। हाम्रो पात्रोले बिज्ञप्ति जारी गर्दै यस विषम परिस्थितिमा कोरोना बाहेक अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित फोन नगरिदिन अनुरोध गरेको छ । अप्ठेरोमा रहेकाहरुले तुरुन्त उचित स्वास्थ्य परामर्श सहित सेवा लिन सकून् भन्ने उद्देश्य रहेको हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले बताए।

हाम्रो पात्रोले यस अभियानमा जुटेर घरमै स्वास्थ्य परामर्शका लागि स्वयं सेवा गर्न इच्छुकलाई इमेल मार्फत् सम्पर्क गर्न आह्वान समेत गरेको छ। हाम्रो पात्रोको यो सेवा लिन गुगल क्रोम ब्राउजरमा https://covid.hamropatro.com/ खोल्नुपर्ने हुन्छ।