कीवर्डहरू -

कोभिड १९, महामारी प्रकोप दृष्टिगत गर्दै  ओपोद्वारा वारेण्टी अवधिथप

कोभिड १९, महामारी प्रकोप दृष्टिगत गर्दै  ओपोद्वारा वारेण्टी अवधिथप

कोभिड १९, महामारी प्रकोपले विश्वलाई नै आतंकित तुल्याइ रहेकोछ । यसबाट हुन सक्ने क्षति न्यूनिकरण तथा सुरक्षालाई दृष्टिगत गर्दै हाल नेपालमा पनि केही समयकालागि लक–डाउन अवधि लागु गरिएको छ ।

आफू लगायत समस्तको सुरक्षार्थ नितान्त आवश्यक यस लक–डाउन अवधिको पूर्ण पालनागर्न सबै माझ ओपोको अनुरोध छ । यस अवधिमा आफ्ना उपभोक्ता माझ पर्न जाने वारेन्टी सम्बन्धि समस्यालाई दृष्टिगत गर्दै कम्पनीले वारेन्टी अवधि २२ मँे सम्मका लागि बढाइएको घोषणा गरेको छ । 


ओपोद्वारा कोभिड १९, महामारी प्रकोपलाई विशेष दृष्टिगत गर्दै वारेन्टी अवधि थपको घोषणा गरिएको हो । घोषणा अनुसार २२ मार्चदेखि २१ मेँको अवधि सम्म लागू हुने वारेन्टी, अब मेँ २२ सम्मकालागि थप गरिएको कम्पनीले जानकारी दिएको छ । जस अन्तर्गत अब २२ मार्च देखि २१ मार्च सम्म उपलब्ध गराइएको वारेन्टी, अवधि नाघे पनि उपभोक्ताले विना कुनै झञ्झट २२ मेँ सम्म कम्पनीको सेवा केन्द्रमा सम्पर्क गरी निर्वाध सुविधा लिन सक्नेछन् ।